singel post top banner

स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर २८, २०८२
253 Views
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
समाचार सारांश
  • कास्की — पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माण कार्य पाँच वर्षदेखि टुङ्गो नलागि रहेको छ।
  • माघ २०७७ मा २० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको यस परियोजनामा हालसम्म मात्र ५१ प्रतिशत प्रगति भएको हो।

कास्की — पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माण कार्य पाँच वर्षदेखि टुङ्गो नलागि रहेको छ। माघ २०७७ मा २० महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको यस परियोजनामा हालसम्म मात्र ५१ प्रतिशत प्रगति भएको हो। थपिएको समयावधि पनि गत साउनमा समाप्त भएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन यो भवनको लागत करिब १० करोड ५५ लाख (कर बाहेक) रहेको छ। तर, निर्माण कार्यमा भएको ढिलाइले जनस्वास्थ्य सेवामा समस्या निम्त्याएको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण गराएको छ।

आइतबार, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माण स्थलको अनुगमन गरेका थिए। उनले निर्माण कार्यको प्रगतिको अवस्थाबारे जानकारी लिँदै, निर्माण सम्पन्न हुने समयतालिका र अन्य विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरे।

मन्त्री घिसिङले अस्पताल जस्ता संवेदनशील र जनताको प्रत्यक्ष स्वास्थ्य सेवासँग सम्बन्धित संरचनाको निर्माणमा ढिलाइ भएकोमा आक्रोश व्यक्त गरे। उनले यसलाई तत्कालै समाधान गर्नुपर्ने र अब यथास्थितिमा राख्न नसक्ने बताए। साथै, उनले यदि निर्माण कार्यलाई समयमै सुरु नगरेमा ठेक्का तोड्ने र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिए।

उनले एक हप्ता भित्र निर्माणको गति नबढेमा, ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्देशन दिए। यसैबीच, प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भने, भवनको अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको भएकाले, अविलम्ब निर्माण कार्य सम्पन्न गर्न आवश्यक रहेको र यदि गर्न नसके भने नयाँ प्रक्रियामा जानु पर्ने औंल्याए।

यस विषयमा मन्त्रालयले कडा ध्यान राख्दै, निर्माण कार्यलाई तीव्रता दिन र समयमा सम्पन्न गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?