singel post top banner

सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, पौष ९, २०८२
305 Views
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
समाचार सारांश
  • सिरहा – लगातार परेको शीतलहरका कारण सिरहामा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ।
  • चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जीवन निकै कष्टकर बनाएको छ।

सिरहा – लगातार परेको शीतलहरका कारण सिरहामा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जीवन निकै कष्टकर बनाएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्।

बिहानैदेखि घुर तापेर बस्ने क्रम जारी रहँदा विद्यालयमा विद्यार्थीकाको उपस्थिति समेत घट्दै गएको छ। चिसोको प्रभाव बढ्दै जाँदा लहान नगरपालिकाले तत्काल राहतकार्य सञ्चालन गरेको छ। नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु भएको जानकारी दिए।

उनले भने, “बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन हामीले बजार क्षेत्रका प्रमुख चोकहरूमा दाउरा बाल्ने काम थालेका छौँ। वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानहरूमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ।” साथै, गरिब र विपन्न परिवारहरूलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गरिने तयारी पनि भएको छ।

यसैबीच, विद्यालयहरूमा चिसोको प्रभाव देखिएको छ। मध्यिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले भन्नुभयो, “अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकाहरूको न्यानो लुगाको अभावले विद्यालयमा नियमित उपस्थितिमा कमी आएको देखिन्छ।”

साथै, डिभिजन वन कार्यालय लहानले जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक चाँडै बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उहाँका अनुसार, प्रमुख स्थानीय तहका अधिकारीहरूका साथ छलफल भइरहेको र आवश्यक निर्णयहरू गरी तत्काल कार्यान्वयन गरिनेछ।

लगातारको शीतलहरले प्रभावित भएको जनजीवनलाई मध्यनजर गर्दै सरकारी निकाय र स्थानीय तहले सक्रियता बढाएका छन्। यस प्रकारको राहतकार्यले प्रभावित समुदायलाई केही राहत मिल्ने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

गृहमन्त्री सुधन गुरुङले रवि लामिछानेप्रति विश्वास व्यक्त गर्दै सरकार र पार्टीको दृढता व्यक्त गरे
गृहमन्त्री सुधन गुरुङले रवि लामिछानेप्रति विश्वास व्यक्त गर्दै सरकार र पार्टीको दृढता व्यक्त गरे
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
विराटनगरमा विद्यालय पोशाककी युवतीमाथि अभद्र व्यवहार गर्ने दुई पुरुष पक्राउ
विराटनगरमा विद्यालय पोशाककी युवतीमाथि अभद्र व्यवहार गर्ने दुई पुरुष पक्राउ
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?