काठमाडौँमा अपहरण र फिरौतीको घटनामा सात जना पक्राउ
- काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले झापा, मकवानपुर, सर्लाही, ओखलढुङ्गा, चितवन र काभ्रेपालान्चोकका सात जना अपहरणकारीलाई पक्राउ गरेको छ।
- उनीहरूले झापा शिवसताक्षी नगरपालिका–१० का घर भएका नवीन रायालाई अपहरण गरी बन्धक बनाएको र १८ लाख रुपैयाँ फिरौती माग गरेको गोप्य सूचना पाएपछि प्रहरीले कारबाही गरेको हो।
काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले झापा, मकवानपुर, सर्लाही, ओखलढुङ्गा, चितवन र काभ्रेपालान्चोकका सात जना अपहरणकारीलाई पक्राउ गरेको छ। उनीहरूले झापा शिवसताक्षी नगरपालिका–१० का घर भएका नवीन रायालाई अपहरण गरी बन्धक बनाएको र १८ लाख रुपैयाँ फिरौती माग गरेको गोप्य सूचना पाएपछि प्रहरीले कारबाही गरेको हो।
गत साउन २८ गते अपरिचित ५ र ६ जनाको समूहले रायालाई अपहरण गरेको थियो। उनीहरूले रायालाई कुटपिट गर्दै बन्धक बनाएर, उनका परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेका थिए। यस सम्बन्धमा प्रहरीलाई गोप्य सूचनाको आधारमा खटिएको विशेष टोलीले सोही दिन बेलुका ६ः३० बजे नागार्जुन नगरपालिका–५ छगडोलबाट रायालाई सुरक्षीत रूपमा उद्धार गरेको थियो। साथै, घटनामा संलग्न सबै सातै जना अपहरणकारीलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरूमा मनोज बुढाथोकी (३२, रामेछाप), निशान रुम्बा तामाङ (२०, मकवानपुर), जेनिश चौधरी (२२, सर्लाही), निमेश कार्की (२४, ओखलढुङ्गा), अमित ओली (२४, चितवन), प्रदिप पोखरेल (२२, अर्घाखाँची), र देव कुमार श्रेष्ठ (२३, काभ्रेपालान्चोक) रहेका छन्। उनीहरूलाई अपहरण र शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखेको र थप अनुसन्धान तथा कारबाही प्रक्रिया जारी रहेको जानकारी दिएका छन्। यस घटनाले काठमाडौँ उपत्यकामा सुरक्षा र अपराध नियन्त्रणको अभियानलाई थप तीव्रता दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






