singel post top banner

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
230 Views
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
समाचार सारांश
  • काठमाडौं ।
  • आसन्न संसदीय निर्वाचनले देशलाई ‘नेपाली जेलेन्स्की’ जन्माएर युक्रेनजस्तै संकटमा धकेल्ने गम्भीर आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन सशक्त रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ।

काठमाडौं । आसन्न संसदीय निर्वाचनले देशलाई ‘नेपाली जेलेन्स्की’ जन्माएर युक्रेनजस्तै संकटमा धकेल्ने गम्भीर आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन सशक्त रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ। पार्टीले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूलाई ‘विदेशी कठपुतली’ को संज्ञा दिँदै निर्वाचनले उनीहरूलाई मात्र वैधानिकता दिने दाबी गरेको छ।

बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले निर्वाचन बहिस्कारको औचित्यतामाथि प्रकाश पारे। पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले पछिल्लो समय चर्चामा रहेका नयाँ राजनीतिक शक्तिहरूलाई पुरानाभन्दा पनि बढी खतरनाक रहेको बताए। उनले भने, “पुराना राजनीतिक पार्टीहरूसँग जनताले आशा मारिसकेका छन्, तर नयाँको गति र मति हेर्दा उनीहरू ‘जेलेन्स्की’ का रूपमा तयार हुँदैछन्। यस्ता विदेशी कठपुतली जन्माउने चुनाव बहिस्कार गर्नुको विकल्प छैन।” शर्माले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ जनपक्षीय भए पनि त्यसको जगमा बनेको सरकारले मुलुकलाई पुनः पुरानै दिशामा धकेलेकोमा चिन्ता व्यक्त गरे।

कार्यक्रममा पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले सुशीला कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै निर्वाचनमार्फत पुराना र नयाँ दलालहरूलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले भने, “राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्षमा यो चुनाव बहिस्कार गर्नु अपरिहार्य छ।” खतिवडाले आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकटतर्फ धकेल्ने दाबी गरे।

त्यस्तै, केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्तालाई जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको संज्ञा दिए। उनले जनविरोधी व्यवस्था नफाली राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारको अन्त्य र सुशासन सम्भव नहुने जिकिर गरे।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको यो घोषणाले आगामी निर्वाचनमा राजनीतिक ध्रुवीकरणलाई थप जटिल बनाउने देखिएको छ। पार्टीले निर्वाचन बहिस्कारको आह्वानलाई कत्तिको जनसमर्थन मिल्छ, त्यो भने हेर्न बाँकी छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
गगन थापाको सोनाम ल्होसारमा शुभकामना, नेपाली समाजमा सद्भाव र एकताको संदेश
गगन थापाको सोनाम ल्होसारमा शुभकामना, नेपाली समाजमा सद्भाव र एकताको संदेश
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?