singel post top banner

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
257 Views
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
समाचार सारांश
  • काठमाडौं ।
  • आसन्न संसदीय निर्वाचनले देशलाई ‘नेपाली जेलेन्स्की’ जन्माएर युक्रेनजस्तै संकटमा धकेल्ने गम्भीर आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन सशक्त रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ।

काठमाडौं । आसन्न संसदीय निर्वाचनले देशलाई ‘नेपाली जेलेन्स्की’ जन्माएर युक्रेनजस्तै संकटमा धकेल्ने गम्भीर आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन सशक्त रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ। पार्टीले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूलाई ‘विदेशी कठपुतली’ को संज्ञा दिँदै निर्वाचनले उनीहरूलाई मात्र वैधानिकता दिने दाबी गरेको छ।

बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले निर्वाचन बहिस्कारको औचित्यतामाथि प्रकाश पारे। पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले पछिल्लो समय चर्चामा रहेका नयाँ राजनीतिक शक्तिहरूलाई पुरानाभन्दा पनि बढी खतरनाक रहेको बताए। उनले भने, “पुराना राजनीतिक पार्टीहरूसँग जनताले आशा मारिसकेका छन्, तर नयाँको गति र मति हेर्दा उनीहरू ‘जेलेन्स्की’ का रूपमा तयार हुँदैछन्। यस्ता विदेशी कठपुतली जन्माउने चुनाव बहिस्कार गर्नुको विकल्प छैन।” शर्माले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ जनपक्षीय भए पनि त्यसको जगमा बनेको सरकारले मुलुकलाई पुनः पुरानै दिशामा धकेलेकोमा चिन्ता व्यक्त गरे।

कार्यक्रममा पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले सुशीला कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै निर्वाचनमार्फत पुराना र नयाँ दलालहरूलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले भने, “राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्षमा यो चुनाव बहिस्कार गर्नु अपरिहार्य छ।” खतिवडाले आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकटतर्फ धकेल्ने दाबी गरे।

त्यस्तै, केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्तालाई जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको संज्ञा दिए। उनले जनविरोधी व्यवस्था नफाली राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारको अन्त्य र सुशासन सम्भव नहुने जिकिर गरे।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको यो घोषणाले आगामी निर्वाचनमा राजनीतिक ध्रुवीकरणलाई थप जटिल बनाउने देखिएको छ। पार्टीले निर्वाचन बहिस्कारको आह्वानलाई कत्तिको जनसमर्थन मिल्छ, त्यो भने हेर्न बाँकी छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
सङ्घीय सरकारले स्वकीय सचिवको सुविधा कटौती गरेसँगै बागमती प्रदेशमा पनि सदस्यहरूका स्वकीय सचिवहरूको तलब भत्ता रोकियो
सङ्घीय सरकारले स्वकीय सचिवको सुविधा कटौती गरेसँगै बागमती प्रदेशमा पनि सदस्यहरूका स्वकीय सचिवहरूको तलब भत्ता रोकियो
पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव
पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?