झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
- बिर्तामोड — भद्रपुर रोडमा आज बिहान भएको आगलागीले भारी क्षति पुर्याएको छ।
- आगलागीका कारण तीन वटा घर पूर्ण रूपमा जलेका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।
बिर्तामोड — भद्रपुर रोडमा आज बिहान भएको आगलागीले भारी क्षति पुर्याएको छ। आगलागीका कारण तीन वटा घर पूर्ण रूपमा जलेका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाका अनुसार, गणेश पोख्रेलको काठको दुईतले घरमा विद्युत् सर्ट भएको कारण सल्किएको आगोले तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुदुर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा जलेका छन्।
त्यसैगरी, भरत पोख्रेलको एकतले घर र सारा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ। दीपेन्द्र कुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा समेत क्षति भएको हो।
आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिका का दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको थियो। हाल क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।
यस घटनाले स्थानिय बासिन्दाहरुमा त्रास र चिन्ता पैदा गरेको छ। आगलागीको कारण र क्षतिको विवरण थप अनुसन्धान भैरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






