singel post top banner

विनाकारण भीआईपी पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
38 Views
विनाकारण भीआईपी पक्राउ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी)हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन’ खोजेको हो भने त्यो सरकारकै लागि घातक हुने बताए। उनले यस्ता घटना नदोहोर्‍याउन सरकारलाई आग्रहसमेत गरे।

“तथ्य विस्तारै आउँछ। सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,” उनले भने। ‘सुरक्षा थ्रेट’ देखाएर गरिएको पक्राउको औचित्य नरहेको प्रचण्डको भनाइ थियो। साँच्चै सुरक्षा जोखिम थियो भने पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको घरमा सुरक्षाकर्मी थप्नुपर्ने उनले तर्क गरे।

“त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो। लाटोले पनि बहानाबाजी हो भन्ने बुझ्छ। सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्‍यो नि,” प्रचण्डले भने। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले त्यस अवसरमा बोल्नुपर्ने विषय नै उठाएको भन्दै उनले त्यसलाई स्वाभाविक बताएका हुन्।

यस विषयलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू कोही भएको भए पनि त्यही कुरा बोल्ने धारणा राखे।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए
उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए
मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए
मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए
भोटेकोशी नदीमा आकस्मिक बाढी, २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
भोटेकोशी नदीमा आकस्मिक बाढी, २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित
सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
स्याङ्जामा ईभी माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
स्याङ्जामा ईभी माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
singel sidbar banner
singel sidbar banner 2