singel post top banner

महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ २६, २०८२
185 Views
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
समाचार सारांश
  • महोत्तरी – जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला परिक्रमा अवधिभर मासु र मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
  • यो कदम परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गर्न र मिथिला क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्नका लागि लिइएको हो।

महोत्तरी – जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला परिक्रमा अवधिभर मासु र मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो कदम परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गर्न र मिथिला क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्नका लागि लिइएको हो।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, परिक्रमाको रुट र आसपासका क्षेत्रमा करिब एक किलोमिटरको दायरा भित्र मासु र मदिराको कारोबार गर्न पाइने छैन। यस सम्बन्धमा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिँदै भने, “फागुन ७ र ८ गते मटिहानी नगरपालिका क्षेत्र, फागुन ८ र ९ गते जलेश्वर नगरपालिका–४ सुगा, वडा नं. ६ र ७, फागुन ९ र १० गते महोत्तरी गाउँपालिका, फागुन १० र ११ गते बलवा नगरपालिका–३ र धबकुन्ड क्षेत्र, र फागुन ११ र १२ गते लोहरपट्टी नगरपालिका र भंगहा नगरपालिकाको कञ्चनवन पडावस्थल आसपासमा यो प्रतिबन्ध लागू हुनेछ।”

प्रशासनले स्पष्ट रूपमा उल्लेख गरेको छ कि, फागुन मासु र मदिराको बिक्री–वितरण गर्न कुनै पनि होटल, पसल वा खुला स्थानबाट अनुमति छैन। साथै, परिक्रमा मार्गमा रहेका मासु पसलहरूलाई तोकिएको समयमा अनिवार्य रूपमा बन्द गर्न निर्देशन दिइएको छ। उल्लंघन गरेमा कानुनी कारवाही हुने समेत स्पष्ट गरिएको छ।

महोत्तरी क्षेत्रको होली पर्व सुरु हुनु अघिदेखि नै परिक्रमा परम्परा सञ्चालन हुन्छ। प्रत्येक वर्ष दुई साता अघि सुरु हुने यो परिक्रमा जनकपुरधामस्थित हनुमानगढीबाट सुरु भई, कल्याणेश्वर, फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, र कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन पुनः जनकपुरधाम फर्किन्छ। यस परिक्रमाको समापनपछि, पाँच कोशे अन्तरगृह परिक्रमा गरी यो धार्मिक अनुष्ठान समाप्त हुन्छ।

यस कदमले मिथिला क्षेत्रको धार्मिक र सांस्कृतिक परम्परालाई सम्मान गर्न र परिक्रमा धार्मिक वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। प्रशासनको कडाइ र नियम पालना गर्न सबैलाई आग्रह गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
स्ट्रेट अफ होर्मुजको समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
स्ट्रेट अफ होर्मुजको समुद्री माइनमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
Massive Floods in China Trigger Reports of Snakes Emerging in Affected Areas
Massive Floods in China Trigger Reports of Snakes Emerging in Affected Areas
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमण: ५ जनाको मृत्यु, युद्धविरामको अनिश्चितता
लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमण: ५ जनाको मृत्यु, युद्धविरामको अनिश्चितता
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?