भोटेकोशी नदीमा आकस्मिक बाढी, २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
- काठमाडौँ — रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठूलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन्।
- नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदनअनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको पुष्टि गरेको छ।
काठमाडौँ — रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठूलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन्। नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदनअनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको पुष्टि गरेको छ।
बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो। बेपत्ता हुनेहरूको विवरण अनुसार, तीमध्ये २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन्। नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्।
पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना बेपत्ता भएका छन्। अन्य प्रभावित एजेन्सीहरूमा लिफ होलिडे, हिमालयन ग्लेशियर, माउण्टेन गाइड र अन्य सञ्चालकहरू रहेका छन्।
बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन्। केही पर्यटकहरूको राष्ट्रियता अझै खुल्न बाँकी रहेको पर्यटन बोर्डले जनाएको छ।
पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्रेकिङ गाइडहरूसँगको समन्वयमा तथ्याङ्क संकलन र खोजी कार्यलाई तीव्रता दिने काम गरिरहेको छ। उद्धार र खोजी कार्य जारी रहेको र थप जानकारीको लागि सम्बन्धित निकायहरूको साथ सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






