singel post top banner

सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक १५, २०८२
161 Views
सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित
समाचार सारांश
  • प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडानहरू ठप्प भएका छन्।
  • निरन्तर सिमसिमे पानी परिरहेको र आकाश कुहिरोले ढाकिएको अवस्थाका कारण उडान सुचारु हुन सकेको छैन।

प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडानहरू ठप्प भएका छन्। निरन्तर सिमसिमे पानी परिरहेको र आकाश कुहिरोले ढाकिएको अवस्थाका कारण उडान सुचारु हुन सकेको छैन।

हवाई उडानहरू बन्द हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटलहरू पर्यटकले भरिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक नवराज कटुवालका अनुसार, निरन्तर परेको झरी र न्यून दृश्यता कारण बिहीबारदेखि हवाई उडानहरू स्थगित भएका हुन्। यस समयमा दैनिक औसत ६० भन्दा बढी उडान हुने गरे पनि अहिले सबै बन्द भएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “झरी परेकाले दृश्यता न्यून छ, त्यसैले विमान र हेलिकप्टर दुवैको उडान रोकिएको छ। गत बिहीबार केही हेलिकप्टर उडान भए पनि अहिले भने रोकिएको स्थिति छ।”

हवाई उडान रोकिएपछि खुम्बु क्षेत्र भ्रमण गर्न आएका पर्यटकहरू लुक्लामै अड्किएका छन्। होटल र गेस्टहाउसहरू पर्यटकले भरिएका छन्। तारा एयरलाइन्स लुक्लाका इञ्चार्ज अमृत मगरका अनुसार, एयरलाइन्सबाट टिकट काटेका करिब १५०० पर्यटक लुक्लामै अड्किएका हुन्। “होटलहरू सबै भरिएका छन्, नयाँ पाहुनाका लागि कोठा पाउन समस्या भएको छ,” उहाँले भन्नुभयो।

पर्यटकहरूलाई होटलहरूको लबीमै बस्नुपर्ने अवस्था सिर्जना भएको छ। फ्रान्सबाट आएका पर्यटक ज्युली मारीले आफूहरू हवाई उडानको प्रतीक्षामा रहेको बताउनुभयो। “हामी सगरमाथा आधारशिविर गएर तीन दिनअघि फर्किएका थियौं, हवाई उडान नभएर यहाँ अड्किएका छौं,” उहाँले भन्नुभयो।

नाम्चे बजारमा पनि यस्तै अवस्था छ। नाम्चेका होटलहरू पर्यटकले भरिएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार, करिब एक हजार २०० पर्यटक नाम्चेमा रोकिएका छन्। उहाँले भन्नुभयो, “लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परिरहेको कारण पर्यटकहरू माथि गएका छन् र नाम्चेमा अड्किएका छन्। अहिले होटलमा पूर्ण रुपमा अतिथिको भरमार छ।”

नाम्चे पुगेका टेक राईका अनुसार, यहाँ चार दिनदेखि घाम लागेको छैन। पाहुनाहरू पुस्तक पढ्दै र सङ्गीत सुन्दै समय बिताइरहेका छन्।

सडक मार्ग पनि सहज छैन। हवाई उडान बन्द भएपछि केही पर्यटक स्थलमार्गबाट काठमाडौं फर्कने प्रयासमा छन्। तर, त्यो बाटो पनि समस्या भएको छ। पर्यटन व्यवसायी बल दर्नालका अनुसार, बर्खाको कारण सोलुखुम्बु–काठमाडौँ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ। विशेष गरी काभ्रेपलाञ्चोक र सिन्धुली आसपासमा भारी वर्षा र हिलोका कारण सवारीसाधन लामो जाममा परेका छन्।

मौसमको अवस्था अझै नखुल्ने संकेत देखिएको छ। काठमाडौँस्थित जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, मनसुन अझै सक्रिय छ र भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। उहाँले भन्नुभयो, “कोशी प्रदेशसहितका हिमाली र पहाडी क्षेत्रहरूमा अझै दुईदेखि तीन दिनसम्म वर्षा हुने सम्भावना छ, त्यसपछि मात्र मौसम विस्तारै खुल्ने अपेक्षा गरिएको छ।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
महोत्तरीको भंगहा नगरपालिकामा ७३ नयाँ घर हस्तान्तरण, राहतको अभिव्यक्ति
महोत्तरीको भंगहा नगरपालिकामा ७३ नयाँ घर हस्तान्तरण, राहतको अभिव्यक्ति
कारले ठक्कर दिँदा बुटवलमा ट्राफिक प्रहरीको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा
कारले ठक्कर दिँदा बुटवलमा ट्राफिक प्रहरीको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा
महोत्तरीमा निर्वाचन सुरक्षाका लागि ३,९९२ प्रहरीलाई औपचारिक तालिम सुरु
महोत्तरीमा निर्वाचन सुरक्षाका लागि ३,९९२ प्रहरीलाई औपचारिक तालिम सुरु
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?