singel post top banner

आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, मंसिर १०, २०८२
275 Views
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
समाचार सारांश
  • काठमाडौँ।
  • सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ। सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

मङ्गलबार साँझ, पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर आगो लगाएका पोखरेललाई तत्कालै स्थानीयहरूले पानी र बालुवाले आगो निभाएका थिए। जलेर गम्भीर घाइते भएका उनलाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि मङ्गलबार राति ९ बजे प्रदेश राजधानी जनकपुरधामको प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

उपचारकै क्रममा बुधबार बिहान करिब २ बजेतिर पोखरेलको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए। मृतकको परिचय खुल्न सकेको छैन। मृतकको परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएको र उनी झापाबाट जनकपुरतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ।

आत्मदाहको कारण अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक जानकारीका अनुसार पोखरेल केही समयदेखि घरमा नबस्ने र मठ–मन्दिरमा बस्ने गरेको पाइएको छ। पोष्टमार्टमका लागि शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकका आफन्तहरू अहिले झापाबाट जनकपुरका लागि प्रस्थान गरिसकेका छन्।

यस घटना सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
यातायात कार्यालयमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीको कुटपिट, सामाजिक सञ्जालमा भाइरल भिडियो
यातायात कार्यालयमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीको कुटपिट, सामाजिक सञ्जालमा भाइरल भिडियो
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?