singel post top banner

उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, फाल्गुन ११, २०८२
151 Views
उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताए
समाचार सारांश
  • रूपन्देही — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
  • रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान नेपालको संविधानले मधेशी, जनजाति, दलित र उत्पीडित समुदायका मुद्दालाई पूर्णरूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरे।

रूपन्देही — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान नेपालको संविधानले मधेशी, जनजाति, दलित र उत्पीडित समुदायका मुद्दालाई पूर्णरूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरे। उनले संघीयता प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि पहिचानका आधारमा प्रदेशहरूको सीमांकन आवश्यक भएको बताए।

अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जोड दिए। उनले वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै त्यसको सुधार आवश्यक रहेको औंल्याए।

यसै अवसरमा, अध्यक्ष यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहललाई तीब्र बनाउन आग्रह गरे। उनले भन्नुभयो, “जनता समाजवादी पार्टीले सधैंदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको छ र हामी सबै समस्या बुझ्ने पार्टी हौं।”

अध्यक्ष यादवको यो भनाइले मधेश र संघीयता सम्बन्धी मुद्दामा पार्टीको स्पष्ट धारणा र आगामी राजनीतिक रणनीतिका संकेतहरू देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
वीरगञ्जमा सशस्त्र प्रहरी बलको महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण
वीरगञ्जमा सशस्त्र प्रहरी बलको महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
हलेसी तुवाचुङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, ज्वाइँ पक्राउ
हलेसी तुवाचुङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, ज्वाइँ पक्राउ
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ३७ अर्ब ७० करोड, बहिष्कार र बहसका बीच सार्वजनिक
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ३७ अर्ब ७० करोड, बहिष्कार र बहसका बीच सार्वजनिक
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
singel sidbar banner
singel sidbar banner 2