singel post top banner

लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
46 Views
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
समाचार सारांश
  • धनगढी ।
  • लगातारको वर्षाले बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

धनगढी । लगातारको वर्षाले बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सबै जिल्लामा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारी आवागमन बन्द गरिएको हो।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै छोटो तथा लामो दूरीका सबै सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रशासनले रोक लगाउने निर्णय गरेको हो। तराईका कैलाली र कञ्चनपुरमा जोखिम तुलनात्मक रूपमा कम रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन भइरहेका छन्।

ट्राफिक प्रहरीले सूचना थाहा नपाई पहाडतर्फ जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ।

सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन र प्रशासनको सूचनाको पालना गर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दाङको तुलसीपुरमा घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला
दाङको तुलसीपुरमा घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
सर्वोच्चको अन्तरिम आदेश पालना गर्न ट्रक व्यवसायीलाई संघीय र प्रदेश सरकारलाई महासंघको आग्रह
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
एभरेस्ट डिजिटल लहानको दसैँ, तिहार र छठ अफर: विद्युतीय स्कुटरसहित आकर्षक उपहार र भारी छुट
एभरेस्ट डिजिटल लहानको दसैँ, तिहार र छठ अफर: विद्युतीय स्कुटरसहित आकर्षक उपहार र भारी छुट
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
singel sidbar banner
singel sidbar banner 2