singel post top banner

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
806 Views
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
समाचार सारांश
  • भीमफेदी, बैशाख ५ ।
  • मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

भीमफेदी, बैशाख ५ । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमान्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
कालीकोटको पलाँता अस्पतालमा निरन्तर आक्रमण, डाक्टर र नर्समाथि कुटपिट र तोडफोड
कालीकोटको पलाँता अस्पतालमा निरन्तर आक्रमण, डाक्टर र नर्समाथि कुटपिट र तोडफोड
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
भवन निर्माणमा घुसकाण्ड: तीन जना नियन्त्रणमा, ८५ हजार रुपैयाँ घुस लिएको आरोप
भवन निर्माणमा घुसकाण्ड: तीन जना नियन्त्रणमा, ८५ हजार रुपैयाँ घुस लिएको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?