singel post top banner

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
501 Views
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
समाचार सारांश
  • भीमफेदी, बैशाख ५ ।
  • मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

भीमफेदी, बैशाख ५ । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमान्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
घोडाघोडीमा जिप ठक्करबाट एकको मृत्यु, चार घाइते, चालक नियन्त्रणमा
घोडाघोडीमा जिप ठक्करबाट एकको मृत्यु, चार घाइते, चालक नियन्त्रणमा
भक्तपुर क्यान्सर अस्पतालद्वारा खोटाङ, सिन्धुली र रामेछापमा निःशुल्क स्वास्थ्य शिविर
भक्तपुर क्यान्सर अस्पतालद्वारा खोटाङ, सिन्धुली र रामेछापमा निःशुल्क स्वास्थ्य शिविर
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?