singel post top banner

प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन ७, २०८२
228 Views
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
समाचार सारांश
  • काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको शुरुवात गर्न सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ।
  • राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको शुरुवात गर्न सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र होइन, यो एउटा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रता देखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ।”

उहाँले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनु पर्नेमा जोड दिनुभयो। “विधिको शासन आवश्यक छ, तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, haiरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन। यो त बेथिति हो,” उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको र सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्नका लागि प्रयासरत रहेको स्पष्ट पार्नुभयो।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्छ। हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो। ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरू खाली हुनुको मुख्य कारण पनि यही नै हो।”

यस अवसरमा प्रधानमन्त्रीले लोकतन्त्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
थानीमाई मन्दिरमा कात्तिक महिनामा फूलको डोली र भक्तजनको भक्तिपूर्वक दर्शनको परम्परा जारी
थानीमाई मन्दिरमा कात्तिक महिनामा फूलको डोली र भक्तजनको भक्तिपूर्वक दर्शनको परम्परा जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
बारेकोटमा सिकार दुर्घटना: एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
चितवनमा युवाहरुको प्रदर्शनपछि मतदाता नामावली दर्तामा वृद्धि, नयाँ मतदाताको संख्या ३५२९ पुगे
चितवनमा युवाहरुको प्रदर्शनपछि मतदाता नामावली दर्तामा वृद्धि, नयाँ मतदाताको संख्या ३५२९ पुगे
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
राष्ट्रियसभाको बैठक: सडक, राहत र पारदर्शीताका विषयमा सांसदहरूको ध्यानाकर्षण
राष्ट्रियसभाको बैठक: सडक, राहत र पारदर्शीताका विषयमा सांसदहरूको ध्यानाकर्षण
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?