singel post top banner

सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आषाढ २४, २०८३
122 Views
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार सारांश
  • काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज र अन्य सात कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सार्वजनिक सम्पत्ति हानिनोक्सानीको मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

काठमाडौं — काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज र अन्य सात कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सार्वजनिक सम्पत्ति हानिनोक्सानीको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, फार्मेसी युनिट इन्चार्ज दीपा ढुंगाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, साथै स्टोर किपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरिएको हो। उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको आरोप लागेको छ।

अधिकारको दुरुपयोग गरी, अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको आरोप छ। साथै, अस्पतालको स्टोर शाखा र भर्य़ाङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको उजुरीको आधारमा अनुसन्धान गरिएको थियो।

आयोगका अनुसार, उनीहरूले आफ्नो पद र ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको पाइएको छ। यसले अस्पतालको वित्तीय व्यवस्थापन र औषधि आपूर्तिमा ठूलो हानि पुर्‍याएको छ। उनीहरूविरुद्ध जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँको बिगो माग दाबी गरिएको छ।

यस घटनाले सार्वजनिक अस्पतालको विश्वसनीयता र पारदर्शितामा प्रश्न उठाएको छ। अनुसन्धान जारी रहेको र कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
रौतहटमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक गस्ती र निगरानी
रौतहटमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक गस्ती र निगरानी
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी
इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
थाइल्यान्डको ५.५ किलो गाँजासहित काठमाडौंमा २ भारतीय पक्राउ
थाइल्यान्डको ५.५ किलो गाँजासहित काठमाडौंमा २ भारतीय पक्राउ
singel sidbar banner
singel sidbar banner 2