singel post top banner

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, विवाद समाधान र संरचना हटाउने काम तीव्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, भाद्र २८, २०८३
63 Views
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, विवाद समाधान र संरचना हटाउने काम तीव्र
समाचार सारांश
  •   पर्सा ।
  • वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ।

 

पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाउने र सडक विस्तारको काम भोलि सोमबारसम्म सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको छ।

सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्। उनका अनुसार नापजाँचको काम समेत एक साताभित्र पूरा हुने योजना छ।

उनले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी रहेका संरचनाको हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिए। अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनले बताए।

सडक विस्तारका क्रममा घरधनीले आंशिक रुपमा मात्रै संरचना भत्काउने कारणले अधुरा रहेका संरचनाहरु हटाउने प्रक्रिया पनि तीव्र गतिमा भइरहेको छ।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनको अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो। यस क्रममा उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो।

सडक सीमाभित्र परेका संरचनाहरु २५ दिनभित्र आफैंँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो। यो समयसीमाभित्र धेरै संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको हो।

सडकको विस्तार प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ, जसले वीरगञ्जको यातायात र व्यापारिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री: ऐतिहासिक नियुक्तिपछि अधिकार सुधारको परीक्षा
मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री: ऐतिहासिक नियुक्तिपछि अधिकार सुधारको परीक्षा
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
फ्रान्समा विद्यालयको अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १,२०० भन्दा बढी पक्राउ
फ्रान्समा विद्यालयको अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १,२०० भन्दा बढी पक्राउ
singel sidbar banner
singel sidbar banner 2