singel post top banner

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक ८, २०८३
27 Views
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
समाचार सारांश
  • मनाङ ।
  • गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव शुक्रबार भेटिएको छ।

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव शुक्रबार भेटिएको छ।

ङिस्याङ गाउँपालिका–६ मा रहेको ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।

काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए। करिब ७ हजार ५० मिटर उचाइबाट सम्पर्क टुटेपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो।

“खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए। लगातारको खोजीपछि शुक्रबार दुवैको शव भेटिएको हो,” खनालले भने। शव काठमाडौँ पठाउने तयारी भइरहेको छ। आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा शव परिवारलाई बुझाइने खनालले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
निर्वाचन आयोगको निर्णयप्रति सांसद आनन्दप्रसाद ढुङ्गानाको गम्भीर चिन्ता
निर्वाचन आयोगको निर्णयप्रति सांसद आनन्दप्रसाद ढुङ्गानाको गम्भीर चिन्ता
नारायणगढ–मुग्लिन सडकमा ओभरटेकिङका कारण दुर्घटना र जाम, ट्राफिक नियम पालना गर्न आग्रह
नारायणगढ–मुग्लिन सडकमा ओभरटेकिङका कारण दुर्घटना र जाम, ट्राफिक नियम पालना गर्न आग्रह
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?