संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
- महोत्तरी – महोत्तरी जिल्ला, जनकपुरधाम र जलेश्वर नगरपालिका मिलेर आयोजना गरेको एकदिने निःशुल्क छाला रोग उपचार र परामर्श शिविर सम्पन्न भएको छ।
- जलेश्वर नगरपालिका–७ महादेवपट्टीस्थित आधारभूत विद्यालयमा आयोजित यस स्वास्थ्य शिविरमा, छाला रोगसम्बन्धी विभिन्न समस्या भएका २१० जना बिरामीले सेवा लाभ प्राप्त गरेका छन्।
महोत्तरी – महोत्तरी जिल्ला, जनकपुरधाम र जलेश्वर नगरपालिका मिलेर आयोजना गरेको एकदिने निःशुल्क छाला रोग उपचार र परामर्श शिविर सम्पन्न भएको छ। जलेश्वर नगरपालिका–७ महादेवपट्टीस्थित आधारभूत विद्यालयमा आयोजित यस स्वास्थ्य शिविरमा, छाला रोगसम्बन्धी विभिन्न समस्या भएका २१० जना बिरामीले सेवा लाभ प्राप्त गरेका छन्।
शिविरमा बिरामीहरूलाई स्वास्थ्य परीक्षण गरिएकै साथै आवश्यक परामर्श दिइएको र निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ। यस कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूमा स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने उद्देश्य राखेको थियो।
छाला रोग विशेषज्ञ डा. जितेन्द्र यादवले छाला रोगलाई सामान्य रूपमा बेवास्ता गर्दा जटिलता र दीर्घकालीन समस्या देखा पर्न सक्ने चेतावनी दिए। उहाँले भन्नुभयो, “छाला रोगको समयमा पहिचान र उपचार अत्यन्त आवश्यक छ, जसले दीर्घकालीन खर्च र स्वास्थ्य समस्याबाट बच्न मद्दत गर्दछ।” ग्रामीण क्षेत्रहरूमा चेतनाको अभाव र आर्थिक कमजोरीका कारण धेरै बिरामी उपचारबाट वञ्चित हुने गरेको सन्दर्भमा, यस्तो निःशुल्क शिविर अत्यावश्यक र प्रभावकारी भएको उहाँको भनाइ छ।
जलेश्वर नगरपालिकाको अनुसार, यस प्रकारका स्वास्थ्य कार्यक्रमहरू स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुँदै आएको छ। नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
शिविरको सफल आयोजनामा जलेश्वर नगरपालिकाको कार्यालय, स्वास्थ्य शाखा र स्थानीय समाजसेवी रामजी सदाको महत्वपूर्ण भूमिका रहेको थियो। साथै, सुमित यादव, रामकुमार यादव, रामललित राउत र रोशन शाह जस्ता प्राविधिक सहयोगीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए।
यस कार्यक्रममा डा. लभ ठाकुर, भोगेन्द्र ठाकुर, दिपेन्द्र यादव, राजीव चौधरी, रामप्रताप सदा, सरोज सदा, दिपक पासवान, इनार पासवान, निकेश यादव र गौतम राज शर्मालगायतले महत्वपूर्ण योगदान दिएका छन्।
यस प्रकारको स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता र दीर्घकालीन स्वास्थ्य सुधारमा ठूलो भूमिका खेलिरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






