singel post top banner

जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
250 Views
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
समाचार सारांश
  • जनकपुरधाम – जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षको अवधिमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाएको छ।
  • यसरी तालिम प्राप्त गरेका १९६ जना युवायुवतीले रोजगारीसमेत प्राप्त गरेका छन्।

जनकपुरधाम – जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षको अवधिमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाएको छ। यसरी तालिम प्राप्त गरेका १९६ जना युवायुवतीले रोजगारीसमेत प्राप्त गरेका छन्।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सवैला, कमला, सहिद, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका युवायुवतीलाई लक्षित गरी व्यवसायमूलक तथा दक्षता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। यस तालिमले युवायुवतीलाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

संस्थाका अध्यक्ष मन्दाकिनी कर्णका अनुसार, १६२ जना युवायुवतीलाई जनही ८३ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरी उनीहरूलाई व्यवसाय सुरु गर्न प्रेरित गरिएको छ। आज जनकपुरधाममा आयोजित ‘दक्ष युवा परियोजना’ जिल्लास्तरीय परियोजना समापन बैठकमा यो जानकारी दिइएको हो।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सरकारका उद्देश्य र लक्ष्यहरू पूरा गर्न गैरसरकारी संस्थाहरूले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता परियोजनाहरूले स्थानीय तहमा रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा कार्यरत रहँदै आएको छ। हाल यो संस्थाले साझेदार संस्थाहरूको माध्यमबाट मधेस प्रदेशका चार जिल्ला सहित देशभरका १३ जिल्लामा विभिन्न विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाम–धनुषाको ढल्केबर–जटही सडकखण्डको पुल निर्माणमा ढिलाइ, दुर्घटना र आर्थिक संकटको खतरा
जनकपुरधाम–धनुषाको ढल्केबर–जटही सडकखण्डको पुल निर्माणमा ढिलाइ, दुर्घटना र आर्थिक संकटको खतरा
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?