singel post top banner

जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
198 Views
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
समाचार सारांश
  • जनकपुरधाम – जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षको अवधिमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाएको छ।
  • यसरी तालिम प्राप्त गरेका १९६ जना युवायुवतीले रोजगारीसमेत प्राप्त गरेका छन्।

जनकपुरधाम – जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षको अवधिमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाएको छ। यसरी तालिम प्राप्त गरेका १९६ जना युवायुवतीले रोजगारीसमेत प्राप्त गरेका छन्।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सवैला, कमला, सहिद, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका युवायुवतीलाई लक्षित गरी व्यवसायमूलक तथा दक्षता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। यस तालिमले युवायुवतीलाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

संस्थाका अध्यक्ष मन्दाकिनी कर्णका अनुसार, १६२ जना युवायुवतीलाई जनही ८३ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरी उनीहरूलाई व्यवसाय सुरु गर्न प्रेरित गरिएको छ। आज जनकपुरधाममा आयोजित ‘दक्ष युवा परियोजना’ जिल्लास्तरीय परियोजना समापन बैठकमा यो जानकारी दिइएको हो।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सरकारका उद्देश्य र लक्ष्यहरू पूरा गर्न गैरसरकारी संस्थाहरूले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता परियोजनाहरूले स्थानीय तहमा रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा कार्यरत रहँदै आएको छ। हाल यो संस्थाले साझेदार संस्थाहरूको माध्यमबाट मधेस प्रदेशका चार जिल्ला सहित देशभरका १३ जिल्लामा विभिन्न विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

कुलमान घिसिङको नेतृत्व आवश्यक, कार्यान्वयन र योजनामा सुधार आवश्यक – उज्यालो नेपाल पार्टी अध्यक्षको भनाइ
कुलमान घिसिङको नेतृत्व आवश्यक, कार्यान्वयन र योजनामा सुधार आवश्यक – उज्यालो नेपाल पार्टी अध्यक्षको भनाइ
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
नयाँ सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा पदबहाली गरे
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?