singel post top banner

एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, माघ १, २०८२
212 Views
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
समाचार सारांश
  • काठमाडौँ — प्रधानमन्त्री सुशीलाका कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा समाजमा एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताएकी छन्।
  • उनले भन्नुभयो कि, माघी पर्व जस्ता मौलिक चाडपर्वले आपसी सम्मान, सद्भाव र सहअस्तित्व कायम गर्न मद्दत गर्दछ।

काठमाडौँ — प्रधानमन्त्री सुशीलाका कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा समाजमा एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताएकी छन्। उनले भन्नुभयो कि, माघी पर्व जस्ता मौलिक चाडपर्वले आपसी सम्मान, सद्भाव र सहअस्तित्व कायम गर्न मद्दत गर्दछ।

मंगलबार काठमाडौँको टुँडिखेलमा थारु कल्याणकारिणी सभाले आयोजना गरेको माघी महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले भने, “अहिलेको समयमा अझै संयमित र एकताबद्ध भएर अघि बढ्न आवश्यक छ। यसको माध्यमबाट हामी समाजमा शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सक्छौं।”

प्रधानमन्त्रीले सांस्कृतिक पर्वहरूको मर्मलाई आत्मसात् गर्न सबैलाई आह्वान गरे। उनले भने, “समाजमा शान्ति र सद्भाव कायम गर्न सरकार, समुदाय र नागरिक सबैले सक्रिय भूमिका खेल्नुपर्ने हुन्छ।” उनले थपे, “म हाम्रो मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ। थारु समुदायको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न र यसको प्रवर्द्धन गर्न हामी निरन्तर काम गरिरहेकाछौं।”

महोत्सवमा थारु खानाका परिकार, प्रदर्शन र बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी र सांस्कृतिक नृत्य-गीतहरू प्रस्तुत गरिएका थिए। यसमा मघौटा, सखिया, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा लगायतका परम्परागत नाचहरू प्रस्तुत गरिएका थिए।

यस समारोहको उद्देश्य थारु समुदायको मौलिकता र सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्नु हो, जसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हवाई दुर्घटना न्यूनीकरण गर्न नेपालमा छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गरिने
हवाई दुर्घटना न्यूनीकरण गर्न नेपालमा छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गरिने
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
अर्थमन्त्रीले निजी क्षेत्रमाथिको आक्रमण अस्वीकार्य र समयमा निर्वाचन आवश्यक बताए
अर्थमन्त्रीले निजी क्षेत्रमाथिको आक्रमण अस्वीकार्य र समयमा निर्वाचन आवश्यक बताए
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
singel sidbar banner
singel sidbar banner 2