singel post top banner

पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु

belwo post title ad banner
न्युज एजेन्सी न्युज एजेन्सी
आइतबार, पौष २७, २०८२
241 Views
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
समाचार सारांश
  • इस्लामाबाद – पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
  • प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

इस्लामाबाद – पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

इस्लामाबाद प्रहरीका अनुसार, विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलाहा-दुलहीसहितका पाहुनाहरू सोही घरमा सुतिरहेका थिए। बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किएर घटनास्थलमै आठ जनाको मृत्यु भएको हो। यस घटनामा परी सात जना गम्भीर घाइते भएका छन्, जसलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भने, विस्फोट शहरको केन्द्रको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ। घटनापछि सुरक्षा सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तुरुन्तै घटनास्थल पुगेका थिए र खोज तथा उद्धार कार्य संचालन गरेका थिए। विस्फोटको प्रभाव नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ।

एक सरकारी प्रशासक साहिबजादा युसुफले, आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानले ग्यास सिलिन्डरको चुहावटका कारण विस्फोट भएको आशङ्का व्यक्त गरेको छ।

प्रधानमन्त्री शाहबाज शरीफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै, घाइतेहरूका लागि निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन्। साथै, उनले घटनाको पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन्।

पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन्। यस्ता सिलिन्डरहरूमा हुने ग्यासको चुहावट र लापरबाहीका कारण यसअघि पनि अनेकौं घातक दुर्घटना भएका छन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी राखेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
न्युज एजेन्सी
न्युज एजेन्सी
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्धलाई स्वतन्त्र सहमति मान्न सकिन्न: सर्वोच्च अदालत
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो | मन्त्री निशा मेहता
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो | मन्त्री निशा मेहता
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
युवा नेतृत्वले मुलुकको द्रुत विकासमा मद्दत गर्नुपर्ने – मन्त्री कुलमान घिसिङ
मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
जेनजी विद्रोहपछि नेपालमा उभिएको नयाँ राजनीतिक चेतना : ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को माग तीव्र
जेनजी विद्रोहपछि नेपालमा उभिएको नयाँ राजनीतिक चेतना : ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को माग तीव्र
singel sidbar banner
singel sidbar banner 2