singel post top banner

पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु

belwo post title ad banner
न्युज एजेन्सी न्युज एजेन्सी
आइतबार, पौष २७, २०८२
211 Views
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
समाचार सारांश
  • इस्लामाबाद – पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
  • प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

इस्लामाबाद – पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

इस्लामाबाद प्रहरीका अनुसार, विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलाहा-दुलहीसहितका पाहुनाहरू सोही घरमा सुतिरहेका थिए। बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किएर घटनास्थलमै आठ जनाको मृत्यु भएको हो। यस घटनामा परी सात जना गम्भीर घाइते भएका छन्, जसलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भने, विस्फोट शहरको केन्द्रको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ। घटनापछि सुरक्षा सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तुरुन्तै घटनास्थल पुगेका थिए र खोज तथा उद्धार कार्य संचालन गरेका थिए। विस्फोटको प्रभाव नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ।

एक सरकारी प्रशासक साहिबजादा युसुफले, आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानले ग्यास सिलिन्डरको चुहावटका कारण विस्फोट भएको आशङ्का व्यक्त गरेको छ।

प्रधानमन्त्री शाहबाज शरीफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै, घाइतेहरूका लागि निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन्। साथै, उनले घटनाको पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन्।

पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन्। यस्ता सिलिन्डरहरूमा हुने ग्यासको चुहावट र लापरबाहीका कारण यसअघि पनि अनेकौं घातक दुर्घटना भएका छन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी राखेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
न्युज एजेन्सी
न्युज एजेन्सी
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुर्खेतमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय व्यक्ति पक्राउ
सुर्खेतमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय व्यक्ति पक्राउ
ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
ओखलढुङ्गामा मतान्तर र मतफरको रहस्य: व्यक्तिगत र पार्टीगत प्रभावको विश्लेषण
ओखलढुङ्गामा मतान्तर र मतफरको रहस्य: व्यक्तिगत र पार्टीगत प्रभावको विश्लेषण
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता असफल, आन्दोलन जारी रहने
मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता असफल, आन्दोलन जारी रहने
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2