singel post top banner

डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
271 Views
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
समाचार सारांश
  • काठमाडौं – विभिन्न माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा.
  • निकोलस भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौं – विभिन्न माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। नेपाल चिकित्सक सङ्घको पहलमा डा. भुसाललाई आज बिहान अस्पताल लगिएको हो।

माइतीघरमा अनशन बसिरहेका डा. भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको थियो। जाँचका क्रममा उहाँको स्वास्थ्य अवस्था थप उपचारका लागि अस्पताल लैजानुपर्ने निष्कर्षमा पुगेपछि वीर अस्पतालमा भर्ना गरिएको सङ्घले जनाएको छ।

डा. भुसालले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही चलाउनुपर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनशन सुरु गर्नुभएको थियो।

उहाँको अनशनलाई विभिन्न नागरिक समाजका अगुवा, अधिकारकर्मी र युवा समूहले समर्थन जनाउँदै आएका छन्। डा. भुसालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उहाँका समर्थकहरूले सरकारको ध्यानाकर्षण गराउँदै माग पूरा गर्न दबाब बढाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
singel sidbar banner
singel sidbar banner 2