सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
- सुनसरी ।
- बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक गोली बरामद गरेको छ।
सुनसरी । बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक गोली बरामद गरेको छ।
शनिबार साँझ करिब ५ बजे वनभित्र पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखिएको अवस्थामा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ। सामुदायिक वनमा हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र भरौल प्रहरी चौकीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
बरामद गोली कटुवा पेस्तोलमा प्रयोग हुने भए पनि थ्रिनटथ्री राइफलमा समेत प्रयोग गर्न मिल्ने प्रहरीले जानकारी दिएको छ। पेस्तोल र गोली कसले, कुन उद्देश्यले लुकाएर राखेको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






