singel post top banner

युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष २७, २०८२
235 Views
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
समाचार सारांश
  • काठमाडौं – नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी एनसेलले युवालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ।
  • यो विशेष प्याकले सन् १९९७ र त्यसपछि जन्मिएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै डिजिटल जीवनशैलीलाई सहज र सुलभ बनाउने उद्देश्य राखेको छ।

काठमाडौं – नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी एनसेलले युवालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ। यो विशेष प्याकले सन् १९९७ र त्यसपछि जन्मिएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै डिजिटल जीवनशैलीलाई सहज र सुलभ बनाउने उद्देश्य राखेको छ।

एनसेलका अनुसार, यस ‘युवा सिम’ प्याकको मूल्य करसहित २९९ रुपैयाँ तोकिएको छ। यस प्याकमा अनलिमिटेड एनसेल-टु-एनसेल कल सुविधा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा उपलब्ध छन्। यी सेवा २८ दिनसम्म मान्य रहनेछन्। साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य नेटवर्क) कलमा प्रति मिनेट मात्र १ रुपैयाँको विशेष छुट पाउनेछन्।

यसबाहेक, २८ दिनको अवधिमा यदि ५ जीबी डेटा समाप्त भए पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसा तिरेर निरन्तर अनलाइन रहने अवसर पाउनेछन्। एनसेलले यस प्याकमार्फत युवाहरूलाई डिजिटल शिक्षा, सामाजिक संजाल र विभिन्न अनलाइन प्लेटफर्महरूमा सजिलै जडित हुने मौका दिदै आएको छ।

एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने, “युवा सिमलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। यसले युवालाई सधैँ कनेक्टेड रहन, विभिन्न अवसरहरूमा सहभागी हुने र डिजिटल भविष्यमा जोडिन मद्दत गर्ने विश्वास लिएका छौँ। यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनेछ र शिक्षामा समेत सहयोग पुर्‍याउनेछ।”

यसका अतिरिक्त, एनसेलले २४ घण्टा मान्य १ जीबी डेटाका प्याकहरू पनि उपलब्ध गराएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्महरू प्रयोग गर्न सकिन्छ।

‘युवा सिम’ लिन चाहने ग्राहकहरूले आफ्ना नागरिकता, ड्राइभिङ लाइसेन्स वा विद्यार्थी परिचयपत्रको साथ नजिकको एनसेल सेन्टरमा गएर यस सेवा लाभ उठाउन सक्नेछन्। यदि नागरिकता वा ड्राइभिङ लाइसेन्स नभए, भने अभिभावकको परिचयपत्र र विद्यार्थी परिचयपत्र प्रस्तुत गरेपछि पनि यो सिम प्राप्त गर्न सकिन्छ।

एनसेलले यस योजनाबाट युवाहरुलाई डिजिटल यात्रा सुरु गर्न थप प्रोत्साहन दिने विश्वास व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चर्चित बलिउड अभिनेता असरानीको निधन
चर्चित बलिउड अभिनेता असरानीको निधन
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
एन्टिबायोटिकको गलत प्रयोगले बढ्दैछ ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ : स्वास्थ्यचेतना र नियमन आवश्यक।
एन्टिबायोटिकको गलत प्रयोगले बढ्दैछ ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ : स्वास्थ्यचेतना र नियमन आवश्यक।
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?