singel post top banner

युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष २७, २०८२
207 Views
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
समाचार सारांश
  • काठमाडौं – नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी एनसेलले युवालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ।
  • यो विशेष प्याकले सन् १९९७ र त्यसपछि जन्मिएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै डिजिटल जीवनशैलीलाई सहज र सुलभ बनाउने उद्देश्य राखेको छ।

काठमाडौं – नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी एनसेलले युवालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ। यो विशेष प्याकले सन् १९९७ र त्यसपछि जन्मिएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै डिजिटल जीवनशैलीलाई सहज र सुलभ बनाउने उद्देश्य राखेको छ।

एनसेलका अनुसार, यस ‘युवा सिम’ प्याकको मूल्य करसहित २९९ रुपैयाँ तोकिएको छ। यस प्याकमा अनलिमिटेड एनसेल-टु-एनसेल कल सुविधा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा उपलब्ध छन्। यी सेवा २८ दिनसम्म मान्य रहनेछन्। साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य नेटवर्क) कलमा प्रति मिनेट मात्र १ रुपैयाँको विशेष छुट पाउनेछन्।

यसबाहेक, २८ दिनको अवधिमा यदि ५ जीबी डेटा समाप्त भए पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसा तिरेर निरन्तर अनलाइन रहने अवसर पाउनेछन्। एनसेलले यस प्याकमार्फत युवाहरूलाई डिजिटल शिक्षा, सामाजिक संजाल र विभिन्न अनलाइन प्लेटफर्महरूमा सजिलै जडित हुने मौका दिदै आएको छ।

एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने, “युवा सिमलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। यसले युवालाई सधैँ कनेक्टेड रहन, विभिन्न अवसरहरूमा सहभागी हुने र डिजिटल भविष्यमा जोडिन मद्दत गर्ने विश्वास लिएका छौँ। यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउनेछ र शिक्षामा समेत सहयोग पुर्‍याउनेछ।”

यसका अतिरिक्त, एनसेलले २४ घण्टा मान्य १ जीबी डेटाका प्याकहरू पनि उपलब्ध गराएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्महरू प्रयोग गर्न सकिन्छ।

‘युवा सिम’ लिन चाहने ग्राहकहरूले आफ्ना नागरिकता, ड्राइभिङ लाइसेन्स वा विद्यार्थी परिचयपत्रको साथ नजिकको एनसेल सेन्टरमा गएर यस सेवा लाभ उठाउन सक्नेछन्। यदि नागरिकता वा ड्राइभिङ लाइसेन्स नभए, भने अभिभावकको परिचयपत्र र विद्यार्थी परिचयपत्र प्रस्तुत गरेपछि पनि यो सिम प्राप्त गर्न सकिन्छ।

एनसेलले यस योजनाबाट युवाहरुलाई डिजिटल यात्रा सुरु गर्न थप प्रोत्साहन दिने विश्वास व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।
राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
चीनको हुबेई प्रान्तमा भीषण आँधीबेहरी र चक्रवात, ११ को मृत्यु, ३३१ जना घाइते, ठूलो क्षति
चीनको हुबेई प्रान्तमा भीषण आँधीबेहरी र चक्रवात, ११ को मृत्यु, ३३१ जना घाइते, ठूलो क्षति
गृह मन्त्री अर्यालले निर्वाचनलाई लोकतन्त्रको आधार र सुशासनको मुख्य प्रणाली घोषणा
गृह मन्त्री अर्यालले निर्वाचनलाई लोकतन्त्रको आधार र सुशासनको मुख्य प्रणाली घोषणा
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता
महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता
रौतहटमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक गस्ती र निगरानी
रौतहटमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक गस्ती र निगरानी
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?