singel post top banner

बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १२, २०८२
243 Views
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
समाचार सारांश
  • ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र बनाएका छन्।
  • यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफल सकारात्मक निष्कर्षमा पुगेन भने, ज्वागलमा रहेको निर्माणाधीन घरलाई नै पार्टी कार्यालयको रुपमा प्रयोग गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र बनाएका छन्। यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफल सकारात्मक निष्कर्षमा पुगेन भने, ज्वागलमा रहेको निर्माणाधीन घरलाई नै पार्टी कार्यालयको रुपमा प्रयोग गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि सुरु भइसकेको छ। कार्यालयको आवश्यक व्यवस्थापन, फर्निचर र अन्य संरचनाका कामहरू तीव्र गतिले भइरहेको स्रोतले बताएको छ।

केही दिनयता बालेन शाह ज्वागलमै रहेका आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर विभिन्न राजनीतिक भेटघाट र छलफलमा सक्रिय छन्। रास्वपा सँग सहकार्यको सम्भावनाबारे निरन्तर संवाद भइरहेका भए पनि अन्तिम सहमति भने नभएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार यदि सहमति हुन्छ भने बालेन रास्वपासँगै अघि बढ्नेछन्। तर, यदि सहमति नभए, भने ‘देश विकास पार्टी’लाई औपचारिक रूपमा अघि बढाउँदै ज्वागलस्थित उक्त घरबाट पार्टी गतिविधिहरू सञ्चालन गरिने तयारी छ। बालेनको नयाँ राजनीतिक कदमलाई लिएर राजनीतिक वृत्तमा चासो र उत्सुकता बढ्दो छ। यसले आगामी निर्वाचन र स्थानीय राजनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल औषधि लिमिटेडले नौ नयाँ औषधिको उत्पादन तयारी गर्‍यो, तीन महिनाको परीक्षण पूर्ण, छ महिनामा थप अनुमतिपत्र प्राप्ति हुने तयारी
नेपाल औषधि लिमिटेडले नौ नयाँ औषधिको उत्पादन तयारी गर्‍यो, तीन महिनाको परीक्षण पूर्ण, छ महिनामा थप अनुमतिपत्र प्राप्ति हुने तयारी
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
धनतेरस पर्वको अवसरमा सुनचाँदी बजारमा प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध व्यापारीहरूको आन्दोलन जारी
धनतेरस पर्वको अवसरमा सुनचाँदी बजारमा प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध व्यापारीहरूको आन्दोलन जारी
आजको नेपाली पंचाङ्ग: माघ १८ गते, पूर्णिमा, शुभ समय, राहुकाल र राशिफल
आजको नेपाली पंचाङ्ग: माघ १८ गते, पूर्णिमा, शुभ समय, राहुकाल र राशिफल
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?