singel post top banner

बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १२, २०८२
272 Views
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
समाचार सारांश
  • ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र बनाएका छन्।
  • यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफल सकारात्मक निष्कर्षमा पुगेन भने, ज्वागलमा रहेको निर्माणाधीन घरलाई नै पार्टी कार्यालयको रुपमा प्रयोग गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र बनाएका छन्। यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छलफल सकारात्मक निष्कर्षमा पुगेन भने, ज्वागलमा रहेको निर्माणाधीन घरलाई नै पार्टी कार्यालयको रुपमा प्रयोग गरिने तयारी भइरहेको स्रोतले जनाएको छ।

ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि सुरु भइसकेको छ। कार्यालयको आवश्यक व्यवस्थापन, फर्निचर र अन्य संरचनाका कामहरू तीव्र गतिले भइरहेको स्रोतले बताएको छ।

केही दिनयता बालेन शाह ज्वागलमै रहेका आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर विभिन्न राजनीतिक भेटघाट र छलफलमा सक्रिय छन्। रास्वपा सँग सहकार्यको सम्भावनाबारे निरन्तर संवाद भइरहेका भए पनि अन्तिम सहमति भने नभएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार यदि सहमति हुन्छ भने बालेन रास्वपासँगै अघि बढ्नेछन्। तर, यदि सहमति नभए, भने ‘देश विकास पार्टी’लाई औपचारिक रूपमा अघि बढाउँदै ज्वागलस्थित उक्त घरबाट पार्टी गतिविधिहरू सञ्चालन गरिने तयारी छ। बालेनको नयाँ राजनीतिक कदमलाई लिएर राजनीतिक वृत्तमा चासो र उत्सुकता बढ्दो छ। यसले आगामी निर्वाचन र स्थानीय राजनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
रुकुमपूर्वमा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
जातीय विभेदविरुद्ध दीपाको १८५ दिनदेखि धर्ना: ‘माग पूरा नभएसम्म सडक छाड्दिनँ’
जातीय विभेदविरुद्ध दीपाको १८५ दिनदेखि धर्ना: ‘माग पूरा नभएसम्म सडक छाड्दिनँ’
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?