singel post top banner

बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
बुधबार, कार्तिक १९, २०८२
312 Views
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
समाचार सारांश
  • बर्दिबास — शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन्।
  • यस कार्यक्रमले बालविवाहको नकारात्मक प्रभाव र यसको रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको थियो।

बर्दिबास — शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन्। यस कार्यक्रमले बालविवाहको नकारात्मक प्रभाव र यसको रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको थियो।

सडक नाटक प्रदर्शनमा युवा, विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरु, अभिभावक, शिक्षक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। नाटकमार्फत बालविवाहको कारणले व्यक्ति, परिवार र समाजमा पारिरहेको असर र यसलाई रोक्न समुदायको भूमिका कसरी आवश्यक छ भन्ने विषयमा जनचेतना फैलाइयो। स्थानीय युवाहरुले प्रदर्शन गरेको सन्देशमूलक नाटकलाई वरपरका स्थानीयवासीहरुले मनोयोगले हेरेका थिए।

अभियानको नेतृत्व बर्दिबासस्थित युवा अभियन्ताहरुको समूह “युथ फर चेन्ज” ले गरेको हो, जसले सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा अभियान सञ्चालन गरेको छ। यस अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरुमा सामाजिक र वातावरणीय परिवर्तन ल्याउनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न मद्दत गर्दछ।

अभियानका युवा अभियन्ता मनिषले भने, “अशिक्षा र चेतनाको अभावका कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार, र समाजमा पर्ने असरलाई न्यूनिकरण गर्न सडक नाटक प्रदर्शन गरिएको हो।” कार्यक्रममा सहभागीहरुले यस मुद्दामा सचेतना फैलाउने काममा ठूलो भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमपछि मधेश प्रदेश सभा सदस्य र बालअधिकारका लागि ससदीय मञ्चका संयोजक शारदादेवी थापाले बालविवाहको नकारात्मक प्रभावबारे बोल्दै भन्नुभयो, “समाजमा भइरहेका बालविवाहको घटनाले हिंसाका घटनाहरूलाई पनि जन्म दिन थालेको छ। यसलाई रोक्नका लागि सरकार र गैरसरकारी संघसंस्थाको संयुक्त प्रयास आवश्यक छ। युवाहरुको नेतृत्वमा यस्तो प्रभावकारी अभियान चलाउनु प्रशंसनीय र अनुकरणीय हो।” उहाँले थपे, “सरकार र सबै संघसंस्थाको मिलिजुली प्रयासबाट मात्रै यस समस्‍या अन्त्य गर्न सकिन्छ।”

नेपालको वर्तमान तथ्यांक अनुसार, विसं २०७८ को जनगणनाका अनुसार देशभरका करिब ३० प्रतिशत बालबालिकाले २० वर्ष पुग्नुभन्दा अगाडि विवाह गरेका छन्। ती मध्ये मधेस प्रदेशमा सबैभन्दा बढी ३७.३ प्रतिशतले १८ वर्षअगावै विवाह गरेको पाइएको छ। यसमा बालिका र बालक दुवैको प्रतिशत क्रमशः ५२.२ र १९ छ। राष्ट्रव्यापी रूपमा, उमेर नपुग्दै विवाह गर्नेहरूको २९.७ प्रतिशतमा बालिकाको भागीदारी अधिक रहेको छ।

यसैगरी, बहुआयामिक सूचक क्लस्टर सर्वे २०१९ का अनुसार मधेसमा कुल जनसङ्ख्याको ८.९ प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गरेका छन्, जसमा बालिकाको प्रतिशत १४.२ र बालकको २.१ छ। १८ वर्षअगावै विवाह गर्ने कुल प्रतिशतको ४६ प्रतिशत बालिकाहरु हुन्, भने बालकहरूमा यो प्रतिशत ७.८ छ।

राष्ट्रिय स्तरमा, २०–२४ वर्षको उमेर समूहमा २९ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गरेका छन्। मधेस प्रदेशमा यो संख्या अझ उच्च छ, जहाँ ३५ प्रतिशत महिलाहरुले १८ वर्षअगावै विवाह गरेको पाइएको छ।

यसै बावजुद, मधेस प्रदेश सरकारले बालविवाह रोकथामका लागि विशेष कदमहरू चालिरहेको छ। प्रदेशले सन् २०३० सम्म बालविवाहमुक्त बनाउन १० वर्षे रणनीतिक योजना ल्याएको हो। साथै, प्रदेशले बालअधिकार ऐन २०७७, लैंगिक समानता नीति २०७८, बाल सहभागिता नीति २०७८, बालिका सशक्तिकरण तथा संरक्षण ऐन २०८१ र बेटी बचाउ, बेटी पढाउ अभियान जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

विसं २०७८ को राष्ट्रिय जनगणनाका अनुसार, १० देखि १७ वर्ष उमेरका ७४,२७२ बालबालिकाले विवाह गरेको पाइएको छ, जसमा मधेश प्रदेशका १६,३४७ घटनाहरु छन्। यसले राष्ट्रिय कुलको पाँच भागभन्दा बढी हिस्सा हो। मधेसमा हरेक पाँच जनामध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गरेको तथ्यांकले देखाएको छ।

बर्दिबास नगरपालिकाले पनि बालविवाह विरुद्धको अभियानलाई तीव्रता दिएर हालसम्म १४ वडामध्ये ९ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिसकेको छ। यस वर्षमा नगरपालिकाले सम्पूर्ण नगरलाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्य राखेको छ। यसैगरी, समुदाय र सरकारको संयुक्त प्रयासबाट मात्र यस जघन्य सामाजिक समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको समस्या: दुःख र लापरबाहीको कथा
सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको समस्या: दुःख र लापरबाहीको कथा
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
विदेश बसाइको लागि अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीलाई कारबाही सिफारिस
विदेश बसाइको लागि अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीलाई कारबाही सिफारिस
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?