singel post top banner

बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
बुधबार, कार्तिक १९, २०८२
352 Views
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
समाचार सारांश
  • बर्दिबास — शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन्।
  • यस कार्यक्रमले बालविवाहको नकारात्मक प्रभाव र यसको रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको थियो।

बर्दिबास — शिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरुले मंगलबार बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन्। यस कार्यक्रमले बालविवाहको नकारात्मक प्रभाव र यसको रोकथामका लागि समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको थियो।

सडक नाटक प्रदर्शनमा युवा, विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरु, अभिभावक, शिक्षक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। नाटकमार्फत बालविवाहको कारणले व्यक्ति, परिवार र समाजमा पारिरहेको असर र यसलाई रोक्न समुदायको भूमिका कसरी आवश्यक छ भन्ने विषयमा जनचेतना फैलाइयो। स्थानीय युवाहरुले प्रदर्शन गरेको सन्देशमूलक नाटकलाई वरपरका स्थानीयवासीहरुले मनोयोगले हेरेका थिए।

अभियानको नेतृत्व बर्दिबासस्थित युवा अभियन्ताहरुको समूह “युथ फर चेन्ज” ले गरेको हो, जसले सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा अभियान सञ्चालन गरेको छ। यस अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित शिफ्ट अभियानले युवाहरुमा सामाजिक र वातावरणीय परिवर्तन ल्याउनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न मद्दत गर्दछ।

अभियानका युवा अभियन्ता मनिषले भने, “अशिक्षा र चेतनाको अभावका कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार, र समाजमा पर्ने असरलाई न्यूनिकरण गर्न सडक नाटक प्रदर्शन गरिएको हो।” कार्यक्रममा सहभागीहरुले यस मुद्दामा सचेतना फैलाउने काममा ठूलो भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमपछि मधेश प्रदेश सभा सदस्य र बालअधिकारका लागि ससदीय मञ्चका संयोजक शारदादेवी थापाले बालविवाहको नकारात्मक प्रभावबारे बोल्दै भन्नुभयो, “समाजमा भइरहेका बालविवाहको घटनाले हिंसाका घटनाहरूलाई पनि जन्म दिन थालेको छ। यसलाई रोक्नका लागि सरकार र गैरसरकारी संघसंस्थाको संयुक्त प्रयास आवश्यक छ। युवाहरुको नेतृत्वमा यस्तो प्रभावकारी अभियान चलाउनु प्रशंसनीय र अनुकरणीय हो।” उहाँले थपे, “सरकार र सबै संघसंस्थाको मिलिजुली प्रयासबाट मात्रै यस समस्‍या अन्त्य गर्न सकिन्छ।”

नेपालको वर्तमान तथ्यांक अनुसार, विसं २०७८ को जनगणनाका अनुसार देशभरका करिब ३० प्रतिशत बालबालिकाले २० वर्ष पुग्नुभन्दा अगाडि विवाह गरेका छन्। ती मध्ये मधेस प्रदेशमा सबैभन्दा बढी ३७.३ प्रतिशतले १८ वर्षअगावै विवाह गरेको पाइएको छ। यसमा बालिका र बालक दुवैको प्रतिशत क्रमशः ५२.२ र १९ छ। राष्ट्रव्यापी रूपमा, उमेर नपुग्दै विवाह गर्नेहरूको २९.७ प्रतिशतमा बालिकाको भागीदारी अधिक रहेको छ।

यसैगरी, बहुआयामिक सूचक क्लस्टर सर्वे २०१९ का अनुसार मधेसमा कुल जनसङ्ख्याको ८.९ प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गरेका छन्, जसमा बालिकाको प्रतिशत १४.२ र बालकको २.१ छ। १८ वर्षअगावै विवाह गर्ने कुल प्रतिशतको ४६ प्रतिशत बालिकाहरु हुन्, भने बालकहरूमा यो प्रतिशत ७.८ छ।

राष्ट्रिय स्तरमा, २०–२४ वर्षको उमेर समूहमा २९ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गरेका छन्। मधेस प्रदेशमा यो संख्या अझ उच्च छ, जहाँ ३५ प्रतिशत महिलाहरुले १८ वर्षअगावै विवाह गरेको पाइएको छ।

यसै बावजुद, मधेस प्रदेश सरकारले बालविवाह रोकथामका लागि विशेष कदमहरू चालिरहेको छ। प्रदेशले सन् २०३० सम्म बालविवाहमुक्त बनाउन १० वर्षे रणनीतिक योजना ल्याएको हो। साथै, प्रदेशले बालअधिकार ऐन २०७७, लैंगिक समानता नीति २०७८, बाल सहभागिता नीति २०७८, बालिका सशक्तिकरण तथा संरक्षण ऐन २०८१ र बेटी बचाउ, बेटी पढाउ अभियान जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

विसं २०७८ को राष्ट्रिय जनगणनाका अनुसार, १० देखि १७ वर्ष उमेरका ७४,२७२ बालबालिकाले विवाह गरेको पाइएको छ, जसमा मधेश प्रदेशका १६,३४७ घटनाहरु छन्। यसले राष्ट्रिय कुलको पाँच भागभन्दा बढी हिस्सा हो। मधेसमा हरेक पाँच जनामध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गरेको तथ्यांकले देखाएको छ।

बर्दिबास नगरपालिकाले पनि बालविवाह विरुद्धको अभियानलाई तीव्रता दिएर हालसम्म १४ वडामध्ये ९ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिसकेको छ। यस वर्षमा नगरपालिकाले सम्पूर्ण नगरलाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्य राखेको छ। यसैगरी, समुदाय र सरकारको संयुक्त प्रयासबाट मात्र यस जघन्य सामाजिक समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भन्सार ऐन र नियमावलीविरुद्ध भन्सार एजेन्टहरूको “पेनडाउन” आन्दोलन, आयात–निर्यात ठप्प
भन्सार ऐन र नियमावलीविरुद्ध भन्सार एजेन्टहरूको “पेनडाउन” आन्दोलन, आयात–निर्यात ठप्प
धनगढीको कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती अस्पतालमा भर्ना
धनगढीको कृष्ण मन्दिरमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि सेती अस्पतालमा भर्ना
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती
महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती
केपी शर्मा ओलीले वर्तमान सरकारलाई हत्याहिंसा र आगजनीबाट बनेको आरोप
केपी शर्मा ओलीले वर्तमान सरकारलाई हत्याहिंसा र आगजनीबाट बनेको आरोप
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा टेकुमा
इन्डोनेसियामा विनाशकारी बाढी र पहिरोले १००० भन्दा बढीको मृत्यु, अझै २१८ जना बेपत्ता
इन्डोनेसियामा विनाशकारी बाढी र पहिरोले १००० भन्दा बढीको मृत्यु, अझै २१८ जना बेपत्ता
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?