singel post top banner

हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, मंसिर २०, २०८२
275 Views
हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
समाचार सारांश
  • मकवानपुर – हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार परियोजनाअन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय समेत भत्काइएको छ।
  • त्रिभुवन राजपथको सडक सीमा भित्र निर्माण भएको उक्त संरचना सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहान डोजर प्रयोग गरेर हटाएको हो।

मकवानपुर – हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार परियोजनाअन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय समेत भत्काइएको छ। त्रिभुवन राजपथको सडक सीमा भित्र निर्माण भएको उक्त संरचना सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहान डोजर प्रयोग गरेर हटाएको हो।

सडक विस्तार अभियान अन्तर्गत हेटौँडा बजार क्षेत्रका २५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने काम आजदेखि सुरु गरिएको हो। हेटौँडा–१० स्थित राप्ती रोड क्षेत्रमा २५–२५ गज सडक सीमा खाली गराउन जेसीबीसहितका मेसिन परिचालन गरिएको बताइएको छ।

सडक विस्तारका क्रममा सुरक्षा निकायको बाक्लो उपस्थिति बीच सार्वजनिक तथा निजी दुवै संरचना क्रमशः हटाइँदै छन्। महेन्द्र राजमार्गदेखि त्रिभुवन राजपथसम्मको ९.५ किलोमिटर सडक खण्डमा पर्ने अवैध तथा सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने कार्य तीव्र गतिमा अघि बढाइएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

स्थानीयहरूका अनुसार सडक विस्तारले दीर्घकालीन रूपमा यातायात सहज बनाउने अपेक्षा गरिएको छ। तर केही व्यापारी तथा सर्वसाधारणले पर्याप्त जानकारी नदिई संरचना भत्काइएको भन्दै असन्तुष्टि पनि जनाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
१४ वर्षदेखि अलपत्र कमला पुल अब तीन महिनामा पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
रुकुम पूर्व केन्द्रित ५.० म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा महसुस
रुकुम पूर्व केन्द्रित ५.० म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा महसुस
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास
singel sidbar banner
singel sidbar banner 2