singel post top banner

हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, मंसिर २०, २०८२
240 Views
हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
समाचार सारांश
  • मकवानपुर – हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार परियोजनाअन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय समेत भत्काइएको छ।
  • त्रिभुवन राजपथको सडक सीमा भित्र निर्माण भएको उक्त संरचना सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहान डोजर प्रयोग गरेर हटाएको हो।

मकवानपुर – हेटौँडा बजार क्षेत्रमा भइरहेको सडक विस्तार परियोजनाअन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय समेत भत्काइएको छ। त्रिभुवन राजपथको सडक सीमा भित्र निर्माण भएको उक्त संरचना सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहान डोजर प्रयोग गरेर हटाएको हो।

सडक विस्तार अभियान अन्तर्गत हेटौँडा बजार क्षेत्रका २५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने काम आजदेखि सुरु गरिएको हो। हेटौँडा–१० स्थित राप्ती रोड क्षेत्रमा २५–२५ गज सडक सीमा खाली गराउन जेसीबीसहितका मेसिन परिचालन गरिएको बताइएको छ।

सडक विस्तारका क्रममा सुरक्षा निकायको बाक्लो उपस्थिति बीच सार्वजनिक तथा निजी दुवै संरचना क्रमशः हटाइँदै छन्। महेन्द्र राजमार्गदेखि त्रिभुवन राजपथसम्मको ९.५ किलोमिटर सडक खण्डमा पर्ने अवैध तथा सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने कार्य तीव्र गतिमा अघि बढाइएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

स्थानीयहरूका अनुसार सडक विस्तारले दीर्घकालीन रूपमा यातायात सहज बनाउने अपेक्षा गरिएको छ। तर केही व्यापारी तथा सर्वसाधारणले पर्याप्त जानकारी नदिई संरचना भत्काइएको भन्दै असन्तुष्टि पनि जनाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
विपद् व्यवस्थापनमा नयाँ दिशा, पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता
विपद् व्यवस्थापनमा नयाँ दिशा, पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
सङ्घीय सांसदको सुविधा कटौतीबारे अर्थमन्त्री खनालको अनभिज्ञता, कानुनमन्त्रीसँग छलफलको आश्वासन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?