singel post top banner

पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, भाद्र ७, २०८३
83 Views
पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
समाचार सारांश
  • पाल्पा  — पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, साउन ५ गते बालिकालाई लिची खान दिने बहानामा आफ्नै घरमा बोलाएर किशोरले जबरजस्ती करणी गरेको घटनाको उजुरी पीडितको परिवारले दिएको हो।

पाल्पा  — पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, साउन ५ गते बालिकालाई लिची खान दिने बहानामा आफ्नै घरमा बोलाएर किशोरले जबरजस्ती करणी गरेको घटनाको उजुरी पीडितको परिवारले दिएको हो।

घटना साउन ५ गतेको भए तापनि, बालिकाको परिवारले उक्त घटनाको जानकारी एक महिना पछि भदौ ४ गते मात्र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरीको अनुसन्धान जारी रहेको र पक्राउ परेका आरोपीलाई थप कारवाहीका लागि जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरिएकै छ। घटनामा संलग्न किशोरको नाम सार्वजनिक गरिएको छैन, प्रहरीले निजको परिचय गोप्य राखेको हो।

प्रहरीले यस प्रकारका घटनालाई गम्भीर रुपमा लिएको र पीडित बालिकाको सुरक्षालाई प्राथमिकता दिएर अनुसन्धान जारी रहेको जनाएको छ।

स्रोत: डिसी नेपाल

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
गृहमन्त्री सुधन गुरुङको भेटको खबरले मिटरब्याज पीडितहरू निजगढमै रोकिए
गृहमन्त्री सुधन गुरुङको भेटको खबरले मिटरब्याज पीडितहरू निजगढमै रोकिए
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?