पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ
- पाल्पा — पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
- जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, साउन ५ गते बालिकालाई लिची खान दिने बहानामा आफ्नै घरमा बोलाएर किशोरले जबरजस्ती करणी गरेको घटनाको उजुरी पीडितको परिवारले दिएको हो।
पाल्पा — पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, साउन ५ गते बालिकालाई लिची खान दिने बहानामा आफ्नै घरमा बोलाएर किशोरले जबरजस्ती करणी गरेको घटनाको उजुरी पीडितको परिवारले दिएको हो।
घटना साउन ५ गतेको भए तापनि, बालिकाको परिवारले उक्त घटनाको जानकारी एक महिना पछि भदौ ४ गते मात्र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
जिल्ला प्रहरीको अनुसन्धान जारी रहेको र पक्राउ परेका आरोपीलाई थप कारवाहीका लागि जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरिएकै छ। घटनामा संलग्न किशोरको नाम सार्वजनिक गरिएको छैन, प्रहरीले निजको परिचय गोप्य राखेको हो।
प्रहरीले यस प्रकारका घटनालाई गम्भीर रुपमा लिएको र पीडित बालिकाको सुरक्षालाई प्राथमिकता दिएर अनुसन्धान जारी रहेको जनाएको छ।
स्रोत: डिसी नेपाल
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






