singel post top banner

भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन ७, २०८२
188 Views
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
समाचार सारांश
  • भरतपुर, चितवन – भरतपुर विमानस्थलमा नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन रिफिलिङ सेवा सुरु गरेको छ।
  • यस सेवाले हवाई यात्रुहरुको सुविधालाई थप सहज बनाउने उद्देश्य राखिएको हो।

भरतपुर, चितवन – भरतपुर विमानस्थलमा नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन रिफिलिङ सेवा सुरु गरेको छ। यस सेवाले हवाई यात्रुहरुको सुविधालाई थप सहज बनाउने उद्देश्य राखिएको हो। लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भने, “हवाई यात्रा गर्न आउने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको हो। यसबाट यात्रुलाई इन्धनको कुनै समस्या नहुने सुनिश्चितता मिलेको छ।”

हालसम्म यहाँबाट दैनिक आठवटा उडान हुँदै आएका छन्। लिमिटेडले आवश्यकतानुसार हवाई इन्धन भर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ। यस सेवाका लागि दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक करिब २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरिएको हो। प्रारम्भिक चरणमा सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवाको सञ्चालन भइरहेको छ।

भरतपुर विमानस्थलबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडानहरू सञ्चालन भइरहेका छन्। बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले भने, “रिफिलिङ सेवा सुरु भएपछि यात्रु र जहाज दुबैको सहजता थप भएको छ। जहाजले तेल बोकेर आउनु पर्ने समस्या टरेको छ, जसले गर्दा काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन सकिने भएको छ।”

यस नयाँ सेवाले विमानस्थलको समग्र उडान र यात्रु सेवा प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसले नेपालको हवाई यातायात क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?