singel post top banner

मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास

belwo post title ad banner
महेश सिंह महेश सिंह
शुक्रबार, आश्विन ३०, २०८३
109 Views
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास
समाचार सारांश
  • सिरहा – सिरहाको लहान–१ मा सञ्चालित मनोकामना एजुकेसनल एकेडेमीमा नेपालीहरूको महान् पर्व बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
  • विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल उमेशकुमार यादवले विद्यालयमा कार्यरत शिक्षकशिक्षिका तथा अध्ययनरत विद्यार्थीहरूलाई बडा दसैँको शुभसाइतमा टीका तथा जमरा लगाइदिएर आशीर्वाद प्रदान गर्नुभएको छ।

सिरहा – सिरहाको लहान–१ मा सञ्चालित मनोकामना एजुकेसनल एकेडेमीमा नेपालीहरूको महान् पर्व बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल उमेशकुमार यादवले विद्यालयमा कार्यरत शिक्षकशिक्षिका तथा अध्ययनरत विद्यार्थीहरूलाई बडा दसैँको शुभसाइतमा टीका तथा जमरा लगाइदिएर आशीर्वाद प्रदान गर्नुभएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूबीच आपसमा शुभकामना आदानप्रदान गरिएको थियो।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा पछिल्लो समय पठनपाठन उत्कृष्ट हुँदै गएपछि अभिभावक तथा विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। अनुशासित वातावरण र दक्ष शिक्षकहरूको टिममार्फत गुणस्तरीय शिक्षा दिइरहेका कारण यस क्षेत्रमा मनोकामना एजुकेसनल एकेडेमी एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको भनाइ छ।

पर्वको अवसरमा आयोजित यस प्रकारका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा चाडपर्वप्रतिको सांस्कृतिक चेतना अभिवृद्धि हुनुका साथै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सामूहिक सयपत्री फूलखेतीमा महिला
सामूहिक सयपत्री फूलखेतीमा महिला
पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू
नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
हेटौंडामा जिप दुर्घटना : घाइते सबैको पहिचान र उपचार प्रक्रिया सार्वजनिक
हेटौंडामा जिप दुर्घटना : घाइते सबैको पहिचान र उपचार प्रक्रिया सार्वजनिक
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
singel sidbar banner
singel sidbar banner 2