singel post top banner

जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, कार्तिक १९, २०८२
223 Views
जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
समाचार सारांश
  • काठमाडौं – जेनजी प्रदर्शनको क्रममा प्रहरीद्वारा भएको गोली लुटपाट र हराएको सम्पत्ति सम्बन्धी प्रहरीको आन्तरिक छानबिनको निष्कर्ष सार्वजनिक भएको छ।
  • भदौ २३ र २४ मा भएका प्रदर्शनका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटिएको र धेरै गोली रेकर्डमै नभेटिएको खुलासा भएको हो।

काठमाडौं – जेनजी प्रदर्शनको क्रममा प्रहरीद्वारा भएको गोली लुटपाट र हराएको सम्पत्ति सम्बन्धी प्रहरीको आन्तरिक छानबिनको निष्कर्ष सार्वजनिक भएको छ। भदौ २३ र २४ मा भएका प्रदर्शनका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटिएको र धेरै गोली रेकर्डमै नभेटिएको खुलासा भएको हो।

प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको रिपोर्ट अनुसार, जेनजी प्रदर्शनका क्रममा करिब ९८ हजार भन्दा बढी धातुको गोली (जंग्री राउण्ड) हराएको पुष्टि भएको छ। यसमा काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको उल्लेख छ। साथै, आन्दोलनकारीहरुले डमी राउण्ड समेत लुटेको देखिएको छ, जसको करिब २ हजार २ सय रेकर्डमा नभेटिएको छ।

रिपोर्टले थप जानकारी दिएको छ कि, प्रदर्शनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको पनि पुष्टि भएको छ। यसैगरी, अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा नभेटिएको र म्याग्जिन (गोलि राख्ने भाँडो) का १७ सय थान हराएको पनि खुलासा भएको छ। जेनजी प्रदर्शनमा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको र जंग्री राउण्ड ४ हजार र २५ सयभन्दा बढी रबर बुलेट प्रहार गरेको बताइएको छ।

उच्च प्रहरी अधिकारीहरुका अनुसार, बानेश्वरसहित देशभर २५ सय भन्दा बढी रबर बुलेट प्रहार गरिएको र प्रदर्शनकारीलाई भगाउन २५०० भन्दा बढी ब्ल्याङ्क राउन्ड प्रयोग गरिएको पनि भेटिएको छ। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको र काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल प्रहार भएको रिपोर्टमा उल्लेख छ।

प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र फेला परेको रबर बुलेट समेत जम्मा गरेको छ। साथै, १२ सयभन्दा बढी हतियार हराएको र करिब ७ सय ४७ हतियार फेला परेको र अझै ४५३ हतियार बाहिर रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।

प्रहरीको आन्तरिक छानबिनले प्रदर्शनको क्रममा भएको गोली लुटपाट र सम्पत्ति हराएको घटनाको विस्तृत विवरण र अनुसन्धानका क्रममा भएको हराएका र फेला परेका वस्तुहरुको विवरण सार्वजनिक गरेको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
काठमाडौँदेखि धादिङसम्म पहिरो र बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात सेवा प्रभावित
काठमाडौँदेखि धादिङसम्म पहिरो र बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात सेवा प्रभावित
नेपाललाई भारतबाट थप २३३ वटा गाडी हस्तान्तरण, निर्वाचन तयारीका लागि महत्वपूर्ण सहयोग
नेपाललाई भारतबाट थप २३३ वटा गाडी हस्तान्तरण, निर्वाचन तयारीका लागि महत्वपूर्ण सहयोग
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?