जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
- काठमाडौं – जेनजी प्रदर्शनको क्रममा प्रहरीद्वारा भएको गोली लुटपाट र हराएको सम्पत्ति सम्बन्धी प्रहरीको आन्तरिक छानबिनको निष्कर्ष सार्वजनिक भएको छ।
- भदौ २३ र २४ मा भएका प्रदर्शनका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटिएको र धेरै गोली रेकर्डमै नभेटिएको खुलासा भएको हो।
काठमाडौं – जेनजी प्रदर्शनको क्रममा प्रहरीद्वारा भएको गोली लुटपाट र हराएको सम्पत्ति सम्बन्धी प्रहरीको आन्तरिक छानबिनको निष्कर्ष सार्वजनिक भएको छ। भदौ २३ र २४ मा भएका प्रदर्शनका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटिएको र धेरै गोली रेकर्डमै नभेटिएको खुलासा भएको हो।
प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको रिपोर्ट अनुसार, जेनजी प्रदर्शनका क्रममा करिब ९८ हजार भन्दा बढी धातुको गोली (जंग्री राउण्ड) हराएको पुष्टि भएको छ। यसमा काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको उल्लेख छ। साथै, आन्दोलनकारीहरुले डमी राउण्ड समेत लुटेको देखिएको छ, जसको करिब २ हजार २ सय रेकर्डमा नभेटिएको छ।
रिपोर्टले थप जानकारी दिएको छ कि, प्रदर्शनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको पनि पुष्टि भएको छ। यसैगरी, अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा नभेटिएको र म्याग्जिन (गोलि राख्ने भाँडो) का १७ सय थान हराएको पनि खुलासा भएको छ। जेनजी प्रदर्शनमा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको र जंग्री राउण्ड ४ हजार र २५ सयभन्दा बढी रबर बुलेट प्रहार गरेको बताइएको छ।
उच्च प्रहरी अधिकारीहरुका अनुसार, बानेश्वरसहित देशभर २५ सय भन्दा बढी रबर बुलेट प्रहार गरिएको र प्रदर्शनकारीलाई भगाउन २५०० भन्दा बढी ब्ल्याङ्क राउन्ड प्रयोग गरिएको पनि भेटिएको छ। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको र काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल प्रहार भएको रिपोर्टमा उल्लेख छ।
प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र फेला परेको रबर बुलेट समेत जम्मा गरेको छ। साथै, १२ सयभन्दा बढी हतियार हराएको र करिब ७ सय ४७ हतियार फेला परेको र अझै ४५३ हतियार बाहिर रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
प्रहरीको आन्तरिक छानबिनले प्रदर्शनको क्रममा भएको गोली लुटपाट र सम्पत्ति हराएको घटनाको विस्तृत विवरण र अनुसन्धानका क्रममा भएको हराएका र फेला परेका वस्तुहरुको विवरण सार्वजनिक गरेको हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






