singel post top banner

काठमाडौँदेखि धादिङसम्म पहिरो र बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात सेवा प्रभावित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, भाद्र १४, २०८३
25 Views
काठमाडौँदेखि धादिङसम्म पहिरो र बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, यातायात सेवा प्रभावित
समाचार सारांश
  • काठमाडौँ — धादिङको कृष्णभीर क्षेत्रमा गएको पहिरो र त्रिशूली नदीले राजमार्गको भाग कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
  • यसले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा यातायात सेवा प्रभावित भएको छ।

काठमाडौँ — धादिङको कृष्णभीर क्षेत्रमा गएको पहिरो र त्रिशूली नदीले राजमार्गको भाग कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यसले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा यातायात सेवा प्रभावित भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार, कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताएअनुसार, पहिरोका कारण पृथ्वीराजमार्गबाट सञ्चालन हुने सवारीसाधनहरू रोकिएका छन् र यसले काठमाडौँमा आवतजावतमा समस्या सिर्जना गरेको छ।

यस्तै, बर्षाको कारण रसुवा लगायतका विभिन्न जिल्ला र मुख्य सडकखण्डहरूमा पनि यातायात सेवा प्रभावित भएको छ। काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले भने, पृथ्वी राजमार्गबाट सञ्चालनमा रहेका सबै सवारीसाधन नयाँबसपार्कमै रोकिएको जानकारी दिए।

प्राकृतिक प्रकोप—लगातार वर्षा, बाढी र पहिरोका कारण सडकमा कहिलेकाहीं अवरोध हुन सक्ने भएकाले यातायात प्रयोगकर्तालाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

यातायात सेवा प्रभावित हुँदा यात्रुहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन सुझाव दिइएको छ। प्रहरी र सम्बन्धित निकायहरूले सतर्कता र सावधानी अपनाउन आव्हान गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
राष्ट्रियसभाको बैठक: सडक, राहत र पारदर्शीताका विषयमा सांसदहरूको ध्यानाकर्षण
राष्ट्रियसभाको बैठक: सडक, राहत र पारदर्शीताका विषयमा सांसदहरूको ध्यानाकर्षण
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी
महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?