singel post top banner

झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक २२, २०८२
191 Views
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
समाचार सारांश
  • झापाको गौरादहमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको घटनाले क्षेत्रिय जनता र स्वास्थ सेवाप्रदायकलाई स्तब्ध बनाएको छ।
  • मृतक महिलाको नाम चादनीदेवी शर्मा हो, जो गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया युवती थिइन्।

झापाको गौरादहमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको घटनाले क्षेत्रिय जनता र स्वास्थ सेवाप्रदायकलाई स्तब्ध बनाएको छ। मृतक महिलाको नाम चादनीदेवी शर्मा हो, जो गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया युवती थिइन्।

प्रहरीका अनुसार, घटना गएराति करिब ८ः३० बजेको हो। घरभित्रै रहेको खाद्य भण्डारबाट समान निकाल्ने क्रममा अचानक जालसर्पले उनलाई डसेको थियो। डसेपछि उनी तुरुन्तै सर्पदंश उपचार केन्द्र सिजुवा, मोरङ लगाइएका थिए। तर, उपचारको क्रममा राति ११ः४५ बजे चिकित्सकहरुले उनको मृत्यु घोषणा गरे।

प्रहरीका अनुसार, सर्पले उनलाई दाँया खुट्टामा डसेको थियो। घटना हिउँदको समयमा भएको भए पनि, केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले भने, गर्मी र वर्षात्का समयमा सर्प डसाइको घटना सामान्य रुपमा देखिन थालेको जानकारी दिएका छन्।

सर्पदंश उपचार केन्द्रमा हालसम्म उक्त आर्थिक वर्षको चार महिनामा ३७० जना बिरामीले उपचार सेवा प्राप्त गरेका छन्। यस घटनाले स्थानीय बासिन्दालाई सर्पको डसाइको जोखिम र सावधानीबारे गम्भीर सोच्न बाध्य बनाएको छ।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने, प्रहरी र स्वास्थ सेवा कार्यालयले जनसामान्यलाई सुरक्षाका उपाय अपनाउन र सावधानीपूर्वक हिँड्न आग्रह गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा
महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा गर्ने निर्णय
नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा गर्ने निर्णय
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
नेपाली सेनाको टोलीले बेलायतमा सम्पन्न ‘क्याम्ब्रियन प्यारोल अभ्यास–२०२५’ मा स्वर्ण पदक प्राप्त गरी सम्मानित
नेपाली सेनाको टोलीले बेलायतमा सम्पन्न ‘क्याम्ब्रियन प्यारोल अभ्यास–२०२५’ मा स्वर्ण पदक प्राप्त गरी सम्मानित
बूढीगण्डकीमा आकस्मिक बाढी: क्षति आकलन र उद्धारका लागि सेनाको टोली परिचालित
बूढीगण्डकीमा आकस्मिक बाढी: क्षति आकलन र उद्धारका लागि सेनाको टोली परिचालित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?