singel post top banner

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २९, २०८१
246 Views
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
समाचार सारांश
  • काठमाडौँ, २९ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होली पर्व० जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।

काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा ९होली पर्व० जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।

आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले होलीलगायत हाम्रा मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने बताउनुभएको छ ।

शुभकामनामा अध्यक्ष दाहालले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।

“रङ्हरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं सम्मिलनलाई प्रतिनिधित्व गर्दछ,” अध्यक्ष दाहालले भन्नुभएको छ,“अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो, यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् ।” रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
बूढीगण्डकीमा आकस्मिक बाढी: क्षति आकलन र उद्धारका लागि सेनाको टोली परिचालित
बूढीगण्डकीमा आकस्मिक बाढी: क्षति आकलन र उद्धारका लागि सेनाको टोली परिचालित
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
बाढीपहिरोले पूर्वाधारमा अर्बौंको क्षति: डेढ महिनामै तेस्रो ठूलो प्रहार
बाढीपहिरोले पूर्वाधारमा अर्बौंको क्षति: डेढ महिनामै तेस्रो ठूलो प्रहार
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?