singel post top banner

विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, मंसिर ९, २०८२
208 Views
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
समाचार सारांश
  • सर्लाही ।
  • सर्लाही सदरमुकाम मलंगवामा आज विवाह पञ्चमी पर्वको अवसरमा मदिरा तथा माछामासु बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज विवाह पञ्चमी पर्वको अवसरमा मदिरा तथा माछामासु बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ। नगर क्षेत्रमा धार्मिक शान्ति, पवित्रता र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले मलंगवा नगरपालिकाले एकदिने विशेष प्रतिबन्धात्मक व्यवस्था गरेको हो।

नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सूचनामा आजको दिन नगर क्षेत्रभित्र कुनै पनि प्रकारका माछामासु तथा मदिरा बिक्री–वितरण नगर्न आग्रह गरिएको उल्लेख छ। साथै नगरभित्र पशुपन्छी तथा जीवजन्तुको वध कार्य पनि निषेधित गरिएको सूचनामा प्रष्ट पारिएको छ।

विवाह पञ्चमीलाई धार्मिक पवित्र पर्वका रूपमा मनाइने भएकाले नगरपालिकाले स्थानीयवासी, व्यापारी र व्यवसायीलाई पूर्ण सहयोग गर्न अनुरोध गरेको छ। यसैबीच, मलंगवाका स्थानीयले जनकपुरधाममा झैँ नगर परिक्रमा गराउँदै राम–सीताको प्रतीकात्मक विवाह गर्ने तयारी पूरा गरेका छन्। नगरभरि यस अवसरमा धार्मिक वातावरण, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरूको तयारी तीव्र बनेको छ।

नगरपालिकाले स्थानीय सुरक्षाकर्मी र अनुगमन टोलीलाई आवश्यक निगरानी र कार्यान्वयनमा खटाएकोछ। उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

विवाह पञ्चमीका कारण मलंगवामा धार्मिक आस्था, सांस्कृतिक मूल्यमान्यता र अनुशासन कायम गर्दै आजको दिन भव्य रूपमा पर्व मनाइने जनाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
सर्लाहीका दलित युवा सुनिल राममाथि कुटपिटपछि उल्टै ज्यान मार्ने उद्योगको मुद्दा
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
नर्सहरूको आन्दोलन: १५ बुँदे माग पूरा गर्न माग, जीवन रक्षाका लागि आवाज
singel sidbar banner
singel sidbar banner 2