बूढीगण्डकीमा आकस्मिक बाढी: क्षति आकलन र उद्धारका लागि सेनाको टोली परिचालित
- काठमाडौं ।
- बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ ।
काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ ।
सेनाको हवाई तथा पैदल टोली उद्धार र राहत कार्यका लागि खटिएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार काठमाडौंबाट हेलिकप्टरसहितको क्विक रेकी टोली पठाइएको छ । स्थानीय रूपमा तैनाथ सेनाको टोली पनि उद्धार सामग्रीसहित परिचालित भएको उनले जानकारी दिए ।
सेनाको टोलीले प्रभावित क्षेत्रको वस्तुगत अवस्था आकलन गर्नुका साथै आवश्यकताअनुसार उद्धार तथा राहत कार्यमा सक्रिय हुने बताइएको छ । यसैगरी, स्थानीयस्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






