मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
- काठमाडौं ।
- मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास सफल हुन सकेको छैन।
काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास सफल हुन सकेको छैन। ब्लास्टका लागि उपयुक्त चट्टान नभेटिएपछि नदी खुलाउने काम अघि बढ्न नसकेको हो।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट आएको नेपाली सेनाको प्राविधिक टोली हिजै चामे पुगेको थियो। तर, नदी थुनिएको आसपास ब्लास्ट गर्न मिल्ने ठूलो चट्टान फेला नपरेपछि काम रोकिएको छ।
“नदी थुनिएको क्षेत्रमा गिट्टी, बालुवा, रुख, माटो र लेदो थुप्रिएको छ। ब्लास्ट गर्न आवश्यक ठूलो चट्टान नभेटिएपछि उपयुक्त ठाउँ पहिचान गर्न सकिएन,” पौडेलले अनलाइनखबरसँग भने। ब्लास्ट गरेर नदी खोल्ने योजना तत्काल सम्भव नभएपछि अहिले दुईवटा उपकरण प्रयोग गरी नदी खोतल्ने काम भइरहेको उनले जानकारी दिए।
अविरल वर्षापछि स्थानीय घट्टेखोलाबाट बगेर आएको लेदो, ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो। थुनिएको नदीबाट आंशिक रूपमा पानी बग्न थाले पनि त्यहाँ अझै करिब ४ सय मिटर लामो र ८० मिटर चौडा ताल बनेको छ। उक्त ताल करिब २० फिट गहिरो हुन सक्ने पौडेलले बताए।
चार दिनदेखिको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जालसमेत अवरुद्ध छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






