singel post top banner

जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, मंसिर १६, २०८२
154 Views
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

१७७ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १७.३ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाउँदै शानदार जीत हात पारेको छ।

जनकपुरका लागि माझ सदाकत सर्वाधिक चम्किए। उनले ६३ रनको आकर्षक पारी खेले। त्यस्तै, अनिल साहले ६१ रनको महत्वपूर्ण योगदान दिए। अन्य खेलाडीमध्ये आशिफ शेखले १८ रन, जन निकोल लफ्टी इटनले ११ रन बनाए भने आदित्य महता १८ रनमा अविजित रहे।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सोहेल तान्विर र अमर रौटेलाले समान एक–एक विकेट लिए। चितवनका लागि ब्याटिङमा डेभिड मलन सर्वाधिक ८० रनसहित चम्किए। अर्जुन साउदले ५२ रन, रवि बोपराले ३ रन, सैफ जैवले ७ रन जोडे भने कुशल मल्ल ३० रनमा अविजित रहे।

जनकपुरका बलरमध्ये माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक–एक विकेट हात पारे। आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल मंसिर २७ गते हुनेछ। प्रतियोगिताका विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोलीको सहभागिता छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘कोशी घोषणापत्र २०८३’ जारी गरिने
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘कोशी घोषणापत्र २०८३’ जारी गरिने
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
अवकाशपछि दुई वर्ष वायुसेवा कम्पनीमा काम गर्न नपाउने प्रस्ताव
अवकाशपछि दुई वर्ष वायुसेवा कम्पनीमा काम गर्न नपाउने प्रस्ताव
लगातारको वर्षाले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध
लगातारको वर्षाले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
धनगढीमा कार दुर्घटनामा चालकसहित चार जना घाइते
धनगढीमा कार दुर्घटनामा चालकसहित चार जना घाइते
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?