singel post top banner

भारी वर्षा र हिमपहिरोको जोखिमः उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
19 Views
भारी वर्षा र हिमपहिरोको जोखिमः उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह
समाचार सारांश
  • काठमाडौँ ।
  • पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक र पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।

काठमाडौँ । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक र पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकूल मौसमले पदयात्रा र हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको हो। ती क्षेत्रमा पुगिसकेका पदयात्री तथा पर्वतारोहीलाई सतर्कता अपनाउन र सम्बन्धित आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन पनि विभागले आग्रह गरेको छ।

यसैगरी, खुम्बु र मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिन सक्ने एक्युट माउन्टेन सिकनेस (उचाइका कारण हुने स्वास्थ्य समस्या) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिन्धुलीमा सवारी दुर्घटना: दुईको मृत्यु, चार घाइते, आगलागी सहितको जटिलता
सिन्धुलीमा सवारी दुर्घटना: दुईको मृत्यु, चार घाइते, आगलागी सहितको जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
संविधानसभा सदस्यहरूलाई सरकारी कागजात किर्ते र पासपोर्ट दुरुपयोगमा दोषी ठहर
संविधानसभा सदस्यहरूलाई सरकारी कागजात किर्ते र पासपोर्ट दुरुपयोगमा दोषी ठहर
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु १ करोड भन्दा बढी सङ्कलन, महायज्ञबाट रु १० करोडको लक्ष्य तय
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु १ करोड भन्दा बढी सङ्कलन, महायज्ञबाट रु १० करोडको लक्ष्य तय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?