थानकोटमा ६८ किलो २४४ ग्राम चाँदीसहित भारतीय नागरिक पक्राउ
- काठमाडौं ।
- चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं । चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिहारको रक्सौल निवासी १९ वर्षीय अमन सर्राफ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। भन्सार छली तथा चोरी पैठारी गरी चाँदीका तयारी गरगहना ल्याइएको सूचनाका आधारमा प्रहरीले सर्राफको कोठामा छापा मारेको थियो। छापाका क्रममा उक्त परिमाणको चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






