singel post top banner

शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन १४, २०८२
104 Views
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
समाचार सारांश
  • काठमाडौं – नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री र अपदस्थ सभापति शेरबहादुर देउवा चुनावको मुखमा विदेश उडेका छन्।
  • उनी बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन्।

काठमाडौं – नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री र अपदस्थ सभापति शेरबहादुर देउवा चुनावको मुखमा विदेश उडेका छन्। उनी बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन्।

स्रोतका अनुसार, देउवा परिवारका सदस्यसँगै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको अन्तिम चरणमा पुगेको बेला उनी सिंगापुर उडेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी विदेश गएका हुन्।

उनी स्वास्थ्य उपचारका लागि उडेका स्रोतले जनाएको छ। यसअघि माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि देउवा राजनीतिक गतिविधिबाट टाढा बस्दै आएका छन्। निर्वाचन आयोगले थापाको नेतृत्वमा भएको महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिएसँगै देउवा कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कुटपिटमा परेपछि उनी उपचारका लागि सिंगापुर पुगेका थिए। स्रोतका अनुसार, यसपटक पनि उनी उपचारको फलोअपका लागि फेरि सिंगापुर उडेका हुन्।

यस पटक कांग्रेसले देउवालाई निर्वाचनमा उम्मेदवार बनाएको छैन। उनी राजनीतिक कार्यक्रममा सक्रिय नभए पनि स्वास्थ्य उपचारका लागि विदेश यात्रा जारी रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुग्लिन–पोखरा सडक विस्तार: नयाँ समानान्तर सडक र पुलहरुको निर्माण कार्य प्रारम्भ
मुग्लिन–पोखरा सडक विस्तार: नयाँ समानान्तर सडक र पुलहरुको निर्माण कार्य प्रारम्भ
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?