singel post top banner

शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन १४, २०८२
186 Views
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
समाचार सारांश
  • काठमाडौं – नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री र अपदस्थ सभापति शेरबहादुर देउवा चुनावको मुखमा विदेश उडेका छन्।
  • उनी बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन्।

काठमाडौं – नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री र अपदस्थ सभापति शेरबहादुर देउवा चुनावको मुखमा विदेश उडेका छन्। उनी बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन्।

स्रोतका अनुसार, देउवा परिवारका सदस्यसँगै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको अन्तिम चरणमा पुगेको बेला उनी सिंगापुर उडेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी विदेश गएका हुन्।

उनी स्वास्थ्य उपचारका लागि उडेका स्रोतले जनाएको छ। यसअघि माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि देउवा राजनीतिक गतिविधिबाट टाढा बस्दै आएका छन्। निर्वाचन आयोगले थापाको नेतृत्वमा भएको महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिएसँगै देउवा कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कुटपिटमा परेपछि उनी उपचारका लागि सिंगापुर पुगेका थिए। स्रोतका अनुसार, यसपटक पनि उनी उपचारको फलोअपका लागि फेरि सिंगापुर उडेका हुन्।

यस पटक कांग्रेसले देउवालाई निर्वाचनमा उम्मेदवार बनाएको छैन। उनी राजनीतिक कार्यक्रममा सक्रिय नभए पनि स्वास्थ्य उपचारका लागि विदेश यात्रा जारी रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम
भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम
आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
संसदमा नयाँ विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव, कर, प्रशासन र अनुगमनमा सुधारको माग
संसदमा नयाँ विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव, कर, प्रशासन र अनुगमनमा सुधारको माग
कांग्रेसकी सीता थपलियाको डेरासहित तीन घरमा चोरी, चार भारतीय पक्राउ
कांग्रेसकी सीता थपलियाको डेरासहित तीन घरमा चोरी, चार भारतीय पक्राउ
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?