singel post top banner

भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, चैत्र २२, २०८२
182 Views
भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम
समाचार सारांश
  • भक्तपुर ।
  • सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै घरहरूमा डिजिटल घर नम्बर टाँस्ने अभियान सुरु गरेको छ।

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै घरहरूमा डिजिटल घर नम्बर टाँस्ने अभियान सुरु गरेको छ। नगरपालिकाले यस वर्षभित्र सम्पूर्ण घरहरूमा नम्बरिङ प्रक्रिया पूरा गर्ने उद्देश्यका साथ, आधिकारिक रुपमा डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो।

सूर्यविनायक नगरपालिका (१० चित्तपोल पारीगाउँ)स्थित नगरप्रमुख वासुदेव थापाको घरमा डिजिटल नम्बर टाँस्ने कार्यक्रमको उद्घाटन गरिएको छ। यस कार्यक्रमलाई आधुनिक प्रविधिको प्रयोगद्वारा नगरका सबै घरमा डिजिटल नम्बर पुर्याउने उद्देश्यले सुरु गरिएको हो। नगरप्रमुख वासुदेव थापाले यस कदमले नगरलाई थप व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने लक्ष्य राखिएको बताए। उनले भने, “यो प्रणालीले नागरिकहरूलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्नेछ। भविष्यमा स्मार्ट सिटीको विकासका लागि आधार तयार पार्ने यस अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले भने, “डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउनेछ। यसले सेवाहरूलाई द्रुत र प्रभावकारी बनाउने साथै आपतकालीन सेवाहरूलाई लक्षित स्थानमा छिटो पुर्याउन मद्दत गर्नेछ।”

यस प्रणालीअन्तर्गत प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरिनेछ। यसले घरको विस्तृत विवरण, परिवार विवरण, नक्साको समन्वय लगायतका सूचना डिजिटल रूपमा सङ्कलन गर्न मद्दत गर्दछ। यसले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सूर्यविनायक नगरपालिकाको यस कदमले नगरलाई आधुनिक र स्मार्ट शहरको रूपान्तरणतर्फ थप उकालो लाग्न मद्दत गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
सुन र चाँदीको मूल्य घट्दै, नेपालमा तोलामा सुन ६,९०० रुपैयाँले घट्यो
सुन र चाँदीको मूल्य घट्दै, नेपालमा तोलामा सुन ६,९०० रुपैयाँले घट्यो
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
गृह मन्त्रालयको निर्णयविपरीत जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी नियुक्ति
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
रसुवा बाढीमा १२१ जना जलविद्युत् आयोजना सुरुङमा फसेको देखिन्छ, खोजी तथा उद्धार जारी
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?