singel post top banner

भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, चैत्र २२, २०८२
224 Views
भक्तपुरमा डिजिटल घर नम्बर प्रणाली सुरु, स्मार्ट सिटीको मार्गमा थप कदम
समाचार सारांश
  • भक्तपुर ।
  • सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै घरहरूमा डिजिटल घर नम्बर टाँस्ने अभियान सुरु गरेको छ।

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रका सबै घरहरूमा डिजिटल घर नम्बर टाँस्ने अभियान सुरु गरेको छ। नगरपालिकाले यस वर्षभित्र सम्पूर्ण घरहरूमा नम्बरिङ प्रक्रिया पूरा गर्ने उद्देश्यका साथ, आधिकारिक रुपमा डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो।

सूर्यविनायक नगरपालिका (१० चित्तपोल पारीगाउँ)स्थित नगरप्रमुख वासुदेव थापाको घरमा डिजिटल नम्बर टाँस्ने कार्यक्रमको उद्घाटन गरिएको छ। यस कार्यक्रमलाई आधुनिक प्रविधिको प्रयोगद्वारा नगरका सबै घरमा डिजिटल नम्बर पुर्याउने उद्देश्यले सुरु गरिएको हो। नगरप्रमुख वासुदेव थापाले यस कदमले नगरलाई थप व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने लक्ष्य राखिएको बताए। उनले भने, “यो प्रणालीले नागरिकहरूलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्नेछ। भविष्यमा स्मार्ट सिटीको विकासका लागि आधार तयार पार्ने यस अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले भने, “डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउनेछ। यसले सेवाहरूलाई द्रुत र प्रभावकारी बनाउने साथै आपतकालीन सेवाहरूलाई लक्षित स्थानमा छिटो पुर्याउन मद्दत गर्नेछ।”

यस प्रणालीअन्तर्गत प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरिनेछ। यसले घरको विस्तृत विवरण, परिवार विवरण, नक्साको समन्वय लगायतका सूचना डिजिटल रूपमा सङ्कलन गर्न मद्दत गर्दछ। यसले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सूर्यविनायक नगरपालिकाको यस कदमले नगरलाई आधुनिक र स्मार्ट शहरको रूपान्तरणतर्फ थप उकालो लाग्न मद्दत गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
सरकारले वर्तमानमा नयाँ राजदूत नियुक्ति नगर्ने, अन्तरिम समयमा सम्बन्धित देशका कर्मचारीबाट कार्य सञ्चालन गरिने निर्णय
सरकारले वर्तमानमा नयाँ राजदूत नियुक्ति नगर्ने, अन्तरिम समयमा सम्बन्धित देशका कर्मचारीबाट कार्य सञ्चालन गरिने निर्णय
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
सिरहामा सीमा क्षेत्रबाट २६ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद
सेयर बजारका लागि नयाँ बेन्चमार्क सूचक ल्याउने तयारी, कारोबारयोग्य सेयरलाई मात्र आधार बनाइने
सेयर बजारका लागि नयाँ बेन्चमार्क सूचक ल्याउने तयारी, कारोबारयोग्य सेयरलाई मात्र आधार बनाइने
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?