singel post top banner

जसपा नेपालले सार्वजनिक गर्यो २८ बुँदे मुख्य माग: संविधान संशोधनदेखि जेनजी आन्दोलनका मुद्दा समाधानसम्म

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर ८, २०८२
104 Views
जसपा नेपालले सार्वजनिक गर्यो २८ बुँदे मुख्य माग: संविधान संशोधनदेखि जेनजी आन्दोलनका मुद्दा समाधानसम्म
समाचार सारांश
  • काठमाडौँ ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गरेको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गरेको छ। पार्टीले संविधान संशोधन, संघीयता सबलीकरण, भ्रष्टाचार नियन्त्रण, जेनजी आन्दोलनका माग सम्बोधनलगायत मुलुकको वर्तमान राजनीतिक अवस्थालाई चिर्न आवश्यक ठानेका विषयहरू स्पष्ट रूपमा अघि सारेको जनाएको छ।

जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार देशमा उत्पन्न बहुआयामिक संकट समाधानका लागि संविधान संशोधन वा आवश्यक परे पुनर्लेखन अपरिहार्य रहेको पार्टीको निष्कर्ष छ। उनले भने, “संविधानका आधारभूत खामोका कारण राज्यशक्तिको प्रभावकारी वितरण हुन सकेको छैन। त्यसैले राष्ट्रिय समस्याको स्थायी समाधानका लागि संविधान संशोधन अत्यावश्यक छ।”

राज्य पुनर्संरचनामा १०+१ मोडेलको प्रस्ताव

जसपाले राष्ट्रिय–जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना हुनुपर्ने दाबी गर्दै २०६८ सालको उच्च स्तरीय राज्य पुनर्संरचना आयोगको सुझाव अनुसार १०+१ संरचना लागू गर्नुपर्ने माग पुनः दोहो¥याएको छ। पार्टीका अनुसार यो संरचना देशको बहुजातीय, बहुभाषिक र विविध सांस्कृतिक पहिचानलाई सम्मानित गर्ने सबैभन्दा प्रभावकारी मोडेल हो।

जेनजी आन्दोलनका माग तत्काल सम्बोधन गर्नुपर्ने

पार्टीले जेनजी (Gen-Z) पुस्ताले आन्दोलनका क्रममा अघि सारेका न्यायोचित मुद्दाहरूलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै ती माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
जसपाले सरकारले आन्दोलन दमनका क्रममा भएका हत्या, हिंसा, आगजनी र विध्वंश सम्बन्धी घटनाहरूको छानबिन गरी दोषी प्रमाणित भएकामाथि कानूनी कारबाही गर्नुपर्ने जनाएको छ।

भ्रष्टाचार विरुद्ध कडा र स्पष्ट अडान

पार्टीले देशमा फैलिएको संरचनागत भ्रष्टाचार नै राजनीतिक अस्थिरताको मूल कारण बनेको बताउँदै विगतका सरकारहरूमा भएका ठूलादेखि साना सबै प्रकारका भ्रष्टाचारको निष्पक्ष छानबिन तथा दोषीमाथि कानूनअनुसार कडा कारबाही गर्न माग गरेको छ।
जसपा नेपालका अनुसार सुशासन, पारदर्शिता र जवाफदेहिताको अभावले राज्य नागरिकप्रति गम्भीर रूपमा गैरजिम्मेवार बन्दै गएको छ, जसलाई तत्काल सुधार्नुपर्ने पार्टीको निष्कर्ष छ।

मंसिर १० गतेदेखि संघर्ष कार्यक्रम घोषणा

पार्टीले उठाउँदै आएका २८ बुँदे माग तथा राष्ट्रिय मुद्दाहरूलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न संघर्ष कार्यक्रम घोषणा गरेको छ।
बस्नेतका अनुसार मंसिर १० गतेदेखि देशव्यापी रूपमा धरना, विरोधसभा, जनजागरण कार्यक्रम, र आवश्यकता अनुसार आन्दोलनका थप चरणहरू सञ्चालन गरिने छ।

जसपा नेपालले अहिलेको राजनीतिक, सामाजिक र आर्थिक अनिश्चितताबाट देशलाई निकास दिन आफ्नो २८ बुँदे धारणा निर्णायक मोड बन्न सक्ने दाबी गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
दोलखा जनकल्याण बहुउद्देश्यीय सकोसमा करोडौं हिनामिना; २४ घण्टा नबित्दै खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?