singel post top banner

कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष ३०, २०८२
186 Views
कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी
समाचार सारांश
  • कास्की — कास्की जिल्लामा अनलाइन मार्फत हुने ठगीको समस्या तीव्र रुपमा बढिरहेको छ।
  • चालू आर्थिक वर्षको हालसम्म साढे १० करोड भन्दा बढी रकम अनलाइन ठगीको शिकार भएको उजुरी परेको छ।

कास्की — कास्की जिल्लामा अनलाइन मार्फत हुने ठगीको समस्या तीव्र रुपमा बढिरहेको छ। चालू आर्थिक वर्षको हालसम्म साढे १० करोड भन्दा बढी रकम अनलाइन ठगीको शिकार भएको उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, साउनदेखि पुससम्म १० करोड ६३ लाख ५३ हजार रुपैयाँको अनलाइन ठगी भएको पुष्टि भएको हो।

विशेषगरी, कात्तिक महिनामा ठगीको रकम सबैभन्दा धेरै भएको पाइन्छ। चाडपर्वको समयमा मात्रै विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत ३ करोड १४ लाख ३३ हजार रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीको दावी छ। यसैगरी, पुसमा पनि ठगीको मात्रा उकालो लाग्दै २ करोड ४९ लाख पुगेको छ। यसअघि साउनमा १ करोड ५ लाख, भदौमा १ करोड ५० हजार, असोजमा १ करोड ८९ हजार र मङ्सिरमा १ करोड ४ लाख रुपैयाँको अनलाइन ठगी भएको थियो।

ठगीको रकम तदारुकता साथ फिर्ता गराउने प्रयास भने कमजोर देखिएको छ। हालसम्म मात्र १ करोड ५५ लाख रुपैयाँ पीडितहरूले फिर्ता पाएका छन्। सबैभन्दा धेरै रकम मङ्सिरमा १ करोड २३ हजार रुपैयाँ फिर्ता गरिएको थियो भने, कात्तिकमा मात्र १ लाख ७० हजार रुपैयाँ फिर्ता भएको हो। त्यसैगरी, साउनमा १९ लाख, भदौमा १० लाख, असोजमा ७ लाख र पुसको हालसम्म १६ लाख ११ हजार रुपैयाँ फिर्ता भएको छ।

ठगीमा मुख्य रूपमा सामाजिक सञ्जालहरू— टिकटक, फेसबुक, इन्स्टाग्राम, र टेलिग्रामलाई प्रयोग गरिएको देखिएको छ। दर्ता भएका ५ सय ८७ उजुरीमध्ये सबैभन्दा बढी टिकटकबाट १५८ र फेसबुकबाट १४४ घटना भएका छन्। यसैगरी, इन्स्टाग्रामबाट ४५, टेलिग्रामबाट ४७ र फोनमार्फत १८ र ओटिपी कोड मागेर २४ जना ठगीमा परेका छन्।

सामाजिक सञ्जाल र डिजिटल वालेटहरू जस्तै खल्ती, ई–सेवा र बैंक खाताको दुरुपयोग गरी ठगी गर्ने क्रम बढ्दो छ। प्रहरीले उच्च सतर्कता अपनाउन र अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

अर्थमन्त्रीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा ७ सय ५१ उजुरी दर्ता भएका थिए, जसमा ८ करोड ७९ लाख रुपैयाँको ठगी भएको थियो। यस मध्ये केवल २ करोड १९ लाख मात्रै फिर्ता गराउन सफल भएको थियो। यसैगरी, अघिल्लो वर्ष, २०७९/८० मा ४ सय २ उजुरी र ४ करोड ३५ लाख रुपैयाँको ठगी भएको थियो, जसमा जम्मा ५७ लाख ५२ हजार रुपैयाँ मात्र फिर्ता गरिएको थियो।

प्रहरी र सरकार दुवै अनलाइन ठगी नियन्त्रण र सजगता बढाउन प्रतिबद्धता व्यक्त गर्दै, सर्वसाधारणलाई सचेत रहन र अनावश्यक जोखिमबाट टाढा रहन सुझाव दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विभिन्न प्रदेशमा गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहार विरुद्ध ४ दिनमा २२६ जना पक्राउ
विभिन्न प्रदेशमा गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहार विरुद्ध ४ दिनमा २२६ जना पक्राउ
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
राष्ट्रिय सभाको बैठक आज बस्दै, विधायन संशोधन र शोक प्रस्तावको महत्वपुर्ण छलफल
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
कर्णाली प्रदेशमा छुट्टाछुट्टै सवारी दुर्घटना, १ को मृत्यु , ७ घाइते
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?