singel post top banner

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
240 Views
सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध
समाचार सारांश
  • सप्तरी, असोज ३ ।
  • सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।

सप्तरी, असोज ३ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
यस घटनाप्रति राष्ट्रिय एकता अभियानले गहिरो शोक प्रकट गर्दै तीव्र घोर निन्दा र कडा विरोध गरेको छ।
अभियानका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पुजारीजस्तो धर्मगुरुमाथि भएको यस्तो अमानवीय र नृशंष हमला केवल एक व्यक्तिमाथिको आक्रमण होइन, यो धार्मिक आस्था, शान्ति र समाजको नैतिक मूल्यप्रति प्रत्यक्ष प्रहार हो।

अभियानले सरकार र सुरक्षासंस्थाहरूसँग तत्काल निम्न माग गरेको छ घटनामा संलग्न दोषीहरूलाई छिटो पत्ता लगाई कडा कानूनी कारबाही गरियोस्।,देशभरका धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था बलियो पारियोस्।,मृतक पुजारी साहको परिवारलाई उचित राहत र न्याय दिलाइयोस्।
राष्ट्रिय एकता अभियानले देशमा शान्ति, सामाजिक सौहार्द र धार्मिक सहअस्तित्व कायम रहोस् भन्ने चाहना व्यक्त गर्दै यस्तो आपराधिक कुकृत्य पुनः कहिल्यै नदोहोरियोस् भन्ने दृढ प्रतिबद्धता जनाएको छ।
यस दुःखद क्षणमा अभियानले स्वर्गीय रामदुलार साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
नेपाली सेनाको संरक्षण तथा जनचेतनामूलक कार्यक्रमले राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायमा जागरूकता फैलाउँदै
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?