singel post top banner

पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र २, २०८३
79 Views
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
समाचार सारांश
  • पोखरा — पोखरा विश्वविद्यालयले इन्जिनियरिङ विषयमा पहिलो पटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
  • यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीको लागि आवेदन आह्वान गरेको हो।

पोखरा — पोखरा विश्वविद्यालयले इन्जिनियरिङ विषयमा पहिलो पटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीको लागि आवेदन आह्वान गरेको हो।

विश्वविद्यालयले अनुसन्धानमा रुचि राख्ने र बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। इच्छुक आवेदकहरूले ९ भदौ २०७९ सम्म आवेदन दिन सक्ने छन्।

पीएचडी प्रवेश परीक्षा भदौ १२ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। परीक्षापछि व्यक्तिगत अन्तर्वार्ताको मिति पनि प्रवेश परीक्षाको दिनै घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।

आवेदन शुल्क तोकिएको छ ३ हजार रुपैयाँ। इच्छुक उम्मेदवारहरूले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्। यस कार्यक्रमले इन्जिनियरिङ क्षेत्रमा अनुसन्धान र शिक्षामा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
कोशी प्रदेशका कारागार र बालसुधार गृहको अवस्था गम्भीर, सुधारको आवश्यकताको गम्भीर संकेत
कोशी प्रदेशका कारागार र बालसुधार गृहको अवस्था गम्भीर, सुधारको आवश्यकताको गम्भीर संकेत
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?