डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जनाको खोजी जारी
- काठमाडौँ ।
- जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्।
काठमाडौँ । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिरहेको अवस्थामा आज पक्राउ गरिएको हो।
कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय छन्। जबरजस्ती करणीसम्बन्धी कसुरमा उनलाई आठ वर्ष कैद सजाय तोकिएको थियो। अर्का पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार हुन्। नकबजनी चोरीसम्बन्धी कसुरमा उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो।
यसअघि हिजो जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पक्राउ परेका थिए। कारागारबाट फरार भएका अन्य चार कैदीबन्दीको खोजी भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






