दुई हेलिकप्टर जुधेको घटना छानबिन समिति गठन
- काठमाडौं ।
- सोलुखुम्बुको फेरिचेमा मंगलबार दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई पाइलट र एक यात्रु घाइते भएका छन्।
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा मंगलबार दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई पाइलट र एक यात्रु घाइते भएका छन्।
घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ। दुर्घटनामा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ दर्ता नम्बरका हेलिकप्टर आपसमा ठोक्किएका थिए।
प्राधिकरणका निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा गठित समितिमा पाइलट तथा वायुयान इन्जिनियरसमेत छन्। समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्व अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
साथै, भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझाव दिन पनि समितिलाई कार्यादेश दिइएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






