आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न रास्वपाबाट निर्देशन आएको मन्त्री पोखरेलको भनाइ
- काठमाडौं ।
- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्देशन आएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्देशन आएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा सरकारले कदम चाल्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको बताए ।
‘अहिले धेरै ठाउँबाट परिस्थिति बदलिएको छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ उनले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । प्रधानमन्त्रीलाई सल्लाह–सुझाव दिने जिम्मेवारी पनि संवेदनशील हुन्छ ।’
मन्त्री पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको पटक–पटक स्पष्ट पारे । उनका अनुसार कार्कीलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको हो । ‘उहाँलाई कारबाही गरिएको होइन, जिम्मेवारी मात्रै फेरबदल भएको हो । उहाँलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह–सुझाव दिने हुनेछ,’ पोखरेलले भने ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






