बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
- बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका-५ लल्का पुलबाट करिब ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई जना महिलालाई पक्राउ गरेको छ।
- यस सम्बन्धमा प्रहरीले शनिबार दिउँसो ३:४० बजे विशेष सूचनाको आधारमा गरेको कारवाही हो।
बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका-५ लल्का पुलबाट करिब ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई जना महिलालाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले शनिबार दिउँसो ३:४० बजे विशेष सूचनाको आधारमा गरेको कारवाही हो।
प्रहरी टोलीलाई इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट संयुक्त रूपमा खटिएको थियो। प्रहरीको टोलीले पथलैयातर्फ पैदल आउँदै गरेका शङ्कास्पद दुई महिलालाई रोक्न सफल भएको थियो। उनीहरूलाई खानतलासी गर्ने क्रममा, एक महिलाको साथबाट ७ पुरिया रहेको अवस्थामा ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको लागूऔषधसहित पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीया सुशीला देवी र सोही कार्यमा संलग्न पोखरिया नगरपालिका-७ बस्ने ३० वर्षीया पूजा देवी रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही अगाडि बढाएको जनाएको छ।
प्रहरीले यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ, साथै उक्त लागूऔषधको स्रोत र लक्षित व्यक्तिहरूको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ। यस घटनाले इलाका प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको सक्रियता र प्रतिबद्धता पुनः प्रमाणित भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






